बालकको पानीमा डुवेर मृत्यु सनाखत हुन सकेन

0
1009

सनाखत हुन सकेन
१६ फाल्गुन २०७४
दमक/ झापाको दमक नगर पालिका वडा ३ गोलाटार रवर खेती नजिक मावा खोलामा स्काभेटरले उत्खनन् गर्दा बनेको खाल्डोको पानीमा डुवरे एक बालकको आज मृत्यु भएको छ ।
नाम थर खुल्न नसकेको अन्दाजी १०/१२ बर्षको बालक डुवेर मृत अवस्थामा आज अपरान्ह फेला परेको वडाध्यक्ष नविन बरालले बताउनु भयो । बालकको लाशलाई इलाका प्रहरी कार्यालय दमकले लाश गृहमा लगेको बताइको छ ।
पछिल्लो समय जिल्ला विकास समिति मोरङ्ग र झापाबाट लगाइएको खोला नदि उत्खनन् सम्बन्धीको ठेक्का पट्टा जथाभावी अनिन्त्रित ढंगबाट उत्खनन् हुँदै आएको समेत वडाध्यक्ष बरालले बताउनु भयो । देशमा भईरहेको कानुन तथा ऐनको स्पष्टता नभईरहेको मौका छोपी यस्तो कार्य बढेको समेत बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here