शरणार्थी शिविरमा निर्माण हुने छाप्रा प्रति शरणार्थीको गुनासो

कस्तो र कति बजेटमा घर निर्माण हुने हो स्पष्ट पार्न आग्रह

0
1773

कस्तो र कति बजेटमा घर निर्माण हुने हो स्पष्ट पार्न आग्रह

 
१६ फाल्गुन २०७४/डिकेश लामा
दमक/शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायले भूटानी शरणार्थीहरुका लागि निर्माण गर्ने भनिएको बलियो छाप्रा प्रति भूटानी शरणार्थीहरुले असन्तुष्त व्यक्त गरेका छन् ।
आज भूटानी शरणार्थी शिविर वेलडाँगीमा भएको दातृ निकाय र शरणार्थीहरुबीचको बैठकमा उनीहरुले असन्तुष्टता व्यक्त गरेका हुन् । हिजो दमकमा भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र पौडेलको अध्यक्षता भएको बैठकमा पारित भएका कुराहरु उनीहरु माझ राख्दा उनीहरुले असन्तुष्टता व्यक्त गरेका हुन् ।
शरणार्थी सम्बन्धी उच्च निकाय यूएनएचसीआर पदाधिकारी, निर्माणको जिम्मा लिएको सहयोगी संस्था विश्व लुथरन फेडरेशन, नेपाल सरकार लगायतका प्रतिनिधि बलियो छाप्रा निर्माणबारे जिम्मेवार शरणार्थी पदाधिकारी माझ कुरा राखिएका छन् ।
तर बैठकमा शरणार्थी अगुवाहरुले कस्तो छाप्रा बन्ने भन्ने विषयमा अझै स्पष्ट नपारेको गुनासो गरेका छन् । बैठकमा कुरा राख्न नपाउँदै शिविर सुपरी वेक्षक सुरेन्द्र दाहालले बैठक विर्सजन गरेको भन्दै शिविर सचीव टिकाराम रसाईलीले शरणार्थीहरुलाई कस्तो, कत्रो र कति बजेटमा घर निर्माण हुने हो स्पष्ट पार्न आग्रह गर्नु भयो । रसाईलीले सवै शरणार्थीहरुलाई असक्तहरुका लागि जस्तो घर नवाइ दिए पनि घर निर्माणमा लाग्ने आवश्यक सामाग्री भने अरुलाई पनि उपलव्ध गराउँनु पर्ने माग गर्नु भएको छ । यता दातृ निकायले भने अशक्त बाहेकका शरणार्थीहरुलाई भने एउटा छाप्रा बराबर २० थान जस्ता, ८ वटा सिमेन्टको पोल, १४ घना बाँस र निर्माणका लागि केही रकम दिने जानकारी गराएका छन् । 

बैठकमा बेलडाँगी १ शिविरमा रहेका २ सय ६० घर परिवारलाई स्थानान्तरण गर्दा उचित व्यवस्थापन गर्नु पर्ने माग समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here