अभ्यास खेलमा नेपाल बिजयी, यूएई ५ विकेटले पराजित

0
1143

१६ फाल्गून, काठमाडौं । आईसीसी विश्वकप छनोटको अभ्यास खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको छ ।२९ ओभरमा १ सय ७२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित ओभर सकिन ४ बल बाँकी छँदै ५ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । नेपालको जितमा शरद भेषवाकरले नटआउट ४१ रनको योगदान गरे । दिपेन्द्रसिंह ऐरीले पनि ४१ रनकै योगदान दिए । त्यस्तै, कप्तान पारस खड्काले २८ र आरिफ शेखले नटआउट २३ रन बनाउँदा ओपनर ज्ञानेन्द्र मल्लले १२ रनमा आउट भए । युएईका लागि अमिर हायतले २ विकेट लिएका थिए । वर्षाका कारण २९ ओभरमा छोट्याइएको खेलमा युएईले ओभर सकिन १ बल बाँकी छदा सबै विकेटको क्षतिमा १७१ रन बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here