जो अक्षर नचिनि शिक्षक भएः भाषाबिद् बालकृष्ण पोखरेल (भिडियोसहित)

0
221

भूपाल लुइटेल, काठमाण्डौं । अक्षर चिन्नुभन्दा अगाडी अरुलाई पढाउने खुवी भएका व्यक्ति हुन भाषाशाष्त्री वालकृष्ण पोखरेल । मकवानपुरको चिसापानी गढीमा विक्रम संवत १९९० साल भदौ ३० गते सोमबार जन्मिएका पोखरेलले बाल्यकाल स्मरण गर्दै भने ‘मैले पहिले पढाए अनिमात्र अक्षर ठम्याए ।’ राणाशासनका वेला जन्मिए पनि पोखरेलको जीवनले त्यो बेलाको अप्ठ्यारो महशुष गर्न पाएन । डिट्ठाका नाती त हुन नै उनि सुव्वाका छोरा पनि । यसको फाइदा लिन पाए पोखरेलले । वुवा शारदा प्रसाद जागिरको शिलशिलामा जता/जता गए पोखरेल पनि वाल्यवस्थामै वुवा हिडेका बाटोहरु हिडे । यसैले उनि आमा छाँयादेवी भन्दा पनि बढी वुवाप्रति श्रद्धाभाव राख्छन । भन्छन ‘आमाको भूमिकामा पनि वुवालाई नै पाए ।’ आमाको लोलोपोतोमा हुर्केको भए विग्रन्थे होला उनले थपे ‘हामी छ जना सन्तानमध्ये आमाले मलाई झण्डै/झण्डै अविभावकजस्तो ठान्नुहुन्थ्यो ।’

स्थायी रुपमा विराटनगर १३ मा ७ दशकदेखि बस्दै आएका पोखरेलका तीन सन्तान छन, एक छोरा र दुइ छोरी । आफ्ना सन्तान आफ्नै पेशामा लाखापाखा हुँदा पोखरेलको अहिलेको दिनचर्याका नजिकका सहयात्री पुस्तक नै हुने गरेको छ । पोखरेलको जीवन वुझेकाहरुका लागि उनको निवास मात्र होइन उनि आफै एउटा पुस्ताकालय हुन । कोलकताबाट तुलनात्मक भाषाशास्त्रमा स्नातकोत्तर गरेका पोखरेल नेपाली भाषामा त्रिवीबाट १९७१ मा स्नातकोत्तर गर्दाताका गोल्ड मेडलिस्ट हुन । जीवन नै अध्ययन, अध्यापन, साहित्य र सोधमा विताएका पोखरेलको वाल्यकाल थाहा पाउदा अचम्म लाग्छ । कखरा नचिनी पुस्तक घोक्न सक्ने खुवी भएका पोखरेलले कखरा नचिन्दा शिक्षकलाई उल्टै प्रतिप्रश्न गरे ‘एउटै व्यक्ति फरक/फरक पात्र हुन सक्दा अक्षरचाँही एउटै हुने कारण के ?’ यस्ता प्रश्नको फेला पर्दा शिक्षक नै अक्क न बक्क हुन्थे । सानैदेखिको जिज्ञासु स्वभाव र अनौठा खाले प्रश्नले नै पोखरेलको अध्ययनप्रतिको लगाव बढेको थियो । तर पनि उनले वल्लतल्ल आठ बर्षको उमेरमा अक्षर चिने । तर अंग्रेजी पढ्ने लालचमा दाजुसँग राखेको जिज्ञासाको बदलामा उनले दाजुबाटै खाएको चट्कनलाई सम्झिदै भन्छन् ‘त्यसपछि म आफन्तकोमा भागे’ ।

कट्टर कम्युनिष्ट पनि

विक्रम संवत २००२ सालपछि विराटनगर आए र यतैको स्थायी वासिन्दा वने । त्यसपछि मात्र सुरु भयो वालकृष्णको औपचारिक शिक्षा । विराटनगरबाटै औपचारिक शिक्षा सुरु गरेका पोखरेलले त्यो बेला पढेको विद्यालय अहिलेको आदर्श उच्च मावि हो ।  तत्कालिन बेला यसलाई श्री त्रिजुद्ध हाइ इंलिस स्कूलको नाम दिइएको थियो । हो यही विद्यालयबाट उनले औपचारिक शिक्षा हासिल गरे त्यो पनि एकैचोटी कक्षा ७ बाट ।  अंग्रेजी नजानी विद्यालय जान नपाइने व्यवस्थाका कारण उनि औपचारीक शिक्षामा लाग्नुअघि नै अंग्रेजीसँग पूर्ण परिचित भइसकेका थिए । त्यसैले त उनले २००३ सालमा विद्यालय अनुगमनका लागि आएका देशकै एक मात्र विद्यालय निरीक्षक ऋषिकेश साहसँग अंग्रेजीमा गफ गरेर टक्कर दिए । साहले नेपालीमा भनेको कुरालाई उनले अंग्रेजीमा अनुवाद गर्नुपर्ने भयो । अनुवादका लागि भनिएको शब्द यस्तो थियो – ‘डाक्टर ऋषिकेश साह लुगाभरीको धुलो टकटकाउँदै रेलको बाटो भएर सरासर स्कूलमा आइपुग्यो र सबभन्दा पहिले सात कक्षाको कोठामा पस्यो ।’ अनि पोखरेलले यसलाई अंग्रेजीमा यसरी अनुवाद गरे ‘Dr. Rishikesh shah came from Kathmandu to Biratnagar by an Indian railway being affected by the dust of journey till now he is…..  ।’ यही अंग्रेजीको प्रभावले उनि पछि पुरःकृत समेत भए । पढ्नमा तेज रहेका पोखरेल देशको माहेलप्रति पनि उत्तिकै चासो राख्थे । उनको सुजवुझ र चातुर्यताले राजनीतिकर्मीलाई लोभ्यायो । त्यसपछि उनले पढाइमा लत्तो छाडे । साम्यवादमा भाग लिने भएर पोखरेल काठमाण्डौबाट विरगंज हानिए । साम्यवादसँग पढाइ त साटेकै थिए, उनले पछि वुवाले दिएको पैसाको विटोलाई सेवासदनमा अपर्ण गरेर चनाको सातु खाएर दिन कटाए । विरगञ्जमा अचाक्ली गर्मी, त्यसमाथी मच्चडको पिर । साम्यवादी नारालाई चनाको सातुले भुल्याउँदा पोखरेललाई मच्छडले खाएको पत्तै भएन, अचानक मलेरिया लागेपछि स्वास्थ्य गिर्दो अवस्थामा पुग्यो, तर पनि कम्युनिष्टहरु रोगसँग डराउनु हुन्न भन्दै साथिभाइले सम्झाएको क्षणलाई उनले हामीसँग छुटाएनन । २००७ सालमा एसएलसी उत्तिर्ण गरिसक्नुपर्ने पोखरेल कुशल कम्युनिष्ट कार्यकर्ता बने । देशको राजनीतिक परिवर्तनपछि मात्र उनले वनारसबाट एसएलसी दिए । त्यो बेला २००९ साल लागिसकेको थियो । यो बेला उनि साहित्यप्रेमी भइसकेका थिए । यो बीचमा उनि साहित्य लेखनतिर छाइसकेका थिए भने राजनीतिमा पनि उत्तिकै सक्रिय थिए । तर २०१४ सालमा मनमोहन अधिकारीसँग खटपट भएपछि भने उनले कम्युनिष्ट राजनीति त्यागे ।  तत्कालिन चुनावमा कम्युनिष्ट पार्टीले घोषणा पत्रमा उल्लेख गरेको भाषाको विषयमा भएको विवाद नै उनको कम्युनिष्ट त्यागको कारण बन्यो । उनि त्यतिबेला महाधिवेशन प्रतिनिधी थिए । उनि भन्छन् ‘कम्युनिष्ट पार्टीको चुनाव घोषणा पत्रमा तराईको राष्ट्र भाषा हिन्दी पहाडको राष्ट्र भाषा नेपाली, यसो गर्न हुँदैन भनेर उनले आपत्ती जनाए तर हाथिको उर्दिबिरुद्ध जान पाइन्न भनेपछि मैले पार्टी नै त्यागे।’ भाषाको विषयलाई लिएर पार्टी त्यागेका पोखरेल अनास्तावादी साहित्यकार बनेसँगै पञ्चायततिर लागे ।

 मगर भाषाको आदिकवी देखि नेपाली अंग्रेजी बृहत शब्दकोषसम्म

राजा महेन्द्रको निधनपूर्व देखेको सपनाले उनि पुनः आस्तिक बने । त्यो क्षणमा फर्केको अवस्थालाई उनि यसरी चित्रित गर्छन ।‘सिनेमा जस्तै दृश्य देखियो, सिनेमा हेर्दा दृश्य जसरी देखिन्छ सपनामा त्यसरी नै देखियो कलर फिल्म जस्तो । झल्यास्स ब्यूझिँदा त आफ्नो एउटा प्रिय मान्छे मर्नु न बाँच्नुको अबस्थामा छटपटि रहेको पाए ।’ ‘त्यसपछि म आस्तिक भए लुकेर जाप गर्न थाले’ पोखरेलले भने । त्यो बेलाको क्षणलाई उनले २०३३ साल पुष १३ गते शव्दमा उतारेका छन ।राजनीति, सामाजिक जीवनसँगै अध्ययनको सन्तुलनलाई पनि सँगसँगै अघि बढाएका पोखरेलको उच्च शिक्षा कोलकतातिर सम्पन्न भयो । २०१५ सालमा उच्च शिक्षा सम्पन्न गर्नुपर्नेमा पोखरेलले वजारमा पुस्तक नभेट्दा एक बर्ष पुनः अध्ययनपछि मात्र परिक्षा दिन पाए अनि मात्र उनि नेपाल फर्किए । त्यो बेलाको संगतले विश्व चिन्ने आँखा खुलेको ठानेका पोखरेलले म्यान दी ग्रेट लेख्ने धोको बनाएका थिए तर त्यो पूरा हुन पाएन । त्यसको वदलामा उनले खस जातिको इतिहास लेखे । कतिपय समालोचकले यसलाई यो शताव्दीकै अमर कृतिको संज्ञा समेत दिएका छन । शताव्दीकै उत्कृष्ठ कृति दिनुअघि नै उनले नेपाली साहित्यीक आकाशमा आफ्नो कलम चलाइसकेका थिए ।

२००३ सालदेखि नै कवितामार्फत साहित्यमा हात लगाएका पोखरेलले, २००५ सालदेखि उपन्यास र कथा, २००७ देखि प्रवन्ध, २००८ देखि नाटक एकांगी र २००९ देखि निवन्धमा कलम चलाएका थिए । भाषागत आधारमा पनि कलम चलाउन सिपालु पोखरेल त्यतिकै मगर भाषाको आदीकविका रुपमा कहिलिएका होइनन् । उनले  २००९ देखि विविध वांग्यमा कलम चलाए । भाषागत आधारमा २००९ साल, इतिहासमा २०१० साल, जातित्वमा २०१३ साल र  समालोचनामा २०१९ सालदेखि उनि प्रवेश गरे । त्यसैले त उनले रुपावासी, केकेमनुक्च्यो र वसन्त जस्ता उपनाम पाएका छन । साहित्यका हरेक क्षेत्र अछुतो नराखेका पोखरेलका एक सय भन्दा वढी कृति प्रकाशित छन् । पोखरेलको बृहत नेपाली अंग्रेजी नेपाली कोष प्रकाशित गर्दै उनले आफ्नो कृति प्रकाशनको क्रमलाई विट मारेका छन् ।

तर साहित्यमा उनको सुरुवात भने रातो रङको रंगमा पानी हालिबाट भएको थियो । सर्जकहरु मुटुकेन्द्रीत भएकाले छिट्टै भाबुक हुने उनि बताउछन । पोखरेल पनि अरु सर्जकभन्दा फरक हुन सकेनन् । उनले वसन्त उपन्यासको विषय झिक्दै अत्यन्तै भावुक मुद्रामा सवै मेरा कृति डढ्ने अवस्था आए पनि यसलाई वचाइदिनोस है भन्ने आग्रह पनि गरे । अनि उत्तिकै कठोर पनि देखिए समालोचकहरुले वसन्त उपन्यासको वाक्य पनि उक्काएनन भन्दै ।

वियोगले विक्षिप्त !

वियोगबाट विक्षिप्त हुने मानवीय स्वभावबाट उनि पनि टाडा छैनन् । श्रीमतीको अल्पायुमा भएको निधन होस् या त वुवा आमा र मालदाजुको निधनमा नै किन नहोस् उनका वलिन्द्र आँशुले आफैलाई भिजाएको छ ।

श्रीमतीको निधनले त उनलाई एक्लीएको महशुष पनि भयो केही समय त । तर पछि आफै सम्हालिए पोखरेल ।  विक्रम संवत २०१० साल साल फाल्गुनमा झापा शनिश्चरेकी शान्तादेवी ढकालसँग विवाह गरेका थिए पोखरेलले । २ हजार ६७ साल पुष ३० गते श्रीमतीलाई गुमाए पनि आज पर्यान्त श्रीमतीलाई सम्मान प्रकट गरेको उनि बताउँछन । श्रीमतीको एउटा कृति समेत प्रकाशित भएको छ मोरङ विराटनगर र नेपाली साहित्य । जीवनलाई एक मुठी सास भएको बताउने पोखरेल समाजलाई गरिव पँधेरनीको चुहिने गाग्रोबाट झरेको पानीले बनाएको रेखा जस्तो मान्छन । सन् १९६१ देखि १९८९ सम्मको बिगत त्रिवीमा अध्यापनमा विताएका पोखरेल वर्तमानमा  अध्ययनसँगै आफ्नै स्वास्थ्यको  हिफाजतमा दिन विताइरहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here