शिक्षा क्षेत्रका कम्जोरी प्रदेशसभाले सच्याउने

शैक्षिक क्षेत्रका ४ जना सम्मानित

0
1186

शैक्षिक क्षेत्रका ४ जना सम्मानित

 
१५ फाल्गुन, २०७४/डिकेश लामा
दमक/झापाको दमकमा आज शैक्षिक क्षेत्रमा विशेष योगदान दिने ४ जनालाई सम्मान गरिएको छ । दमक नगर पालिका वडा नं. ५ मा रहेको सर्वोदय अंग्रेजी माध्यमिक विधालयले १० औं बार्षिक उत्वसको अवसरमा दमक लाईव्रेरीका संयोजक भेषराज न्यौपाने, साहित्यकार धनकुटे कान्छा, विधालयमा स्थापना समयदेखि शिक्षण गर्दै आउनु भएका बविता लिङ्देन, अनुपा ढकाललाई दोसल्ला र सम्मान पत्रले प्रमुख अतिथि प्रदेश नम्बर १ का प्रदेश सभाषद अर्जुन राईको हातबाट सम्मान गरिएको छ ।
विधालय संचालन समितिका अध्यक्ष गंगाराम भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि राईले शैशिक क्षेत्रमा रहेका कमिकम्जोरीलाई आवश्यक छलफल गरी प्रदेशसभाले सच्चाएर जाने बतानउनु भयो । कार्यक्रममा बरिष्ठ लोक लायक एलपी जोशी, प्याप्सन झापाका सल्लाहकार संयोजक मिलन ढुङगाना, दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, प्याप्सन झापाका उपाध्यक्षद्वय श्रवण पोखरेल, चन्द्रप्रकाश राई, इज्टुका अध्यक्ष होम खतिवडा लगायतले शुभकामना मन्त्व राखेका छन् । कार्यक्रममा अतिथिहरुको हातबाट विधालयले प्रकाशन गरेको सर्वोदय स्मारिका २०७४ समेत विमोचन गरिएको छ । 

बार्षिक उत्सवको अवसरमा विधार्थीले विज्ञान प्रर्दशनी, फुड फेस्टिवल, चित्रकला, माटोका सामाग्रीबाट बनाइएका सामाग्रीहरुको प्रदर्शन, गीत, नाटक, नृत्य प्रदर्शन गरेको विधालयका प्रिन्सिपल नविन योगीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here