बर्षात अघि नै शरणार्थीहरुका लागि वलियो छाप्रा निर्माण हुने

वेलडाँगी शिविरका शरणार्थी नेतृत्वको उपस्थिति भएन

0
1393

वेलडाँगी शिविरका शरणार्थी नेतृत्वको उपस्थिति भएन


१५ फाल्गुन २०७४, डिकेश लामा
दमक/ बर्षात तथा हावाहुरी मौषम शुरु हुनु अघि नै अशक्त भूटानी शरणार्थीहरुका लागि २ सय छाप्रा निर्माण हुने भएको छ । झापा तथा मोरङ्गका भूटानी शरणार्थीहरुका बसोबास व्यवस्थापन सम्बन्धी आज दमकमा उच्च स्तरीय टोलीबीचको छलफलबाट सो निर्णय भएको बताएको छ । शरणार्थी समन्वय इकाइका उपनिर्देशक तथा झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र पौडेलको अध्यक्षतामा भएको बैठकले शरणार्थीको स्थानान्तरण र छाप्रा निर्माणबारे छलफल गरेको बताइको छ । तर महत्वपूर्ण बैठकमा समेत बेलडाँगी शिविर व्यवस्थापन समितिको उपस्थिति नभएकोले बैठकमा किन शरणार्थीहरुका नेतृत्व नै आएनन् भन्ने विषयको चर्चा समेत चलेको छ ।

शिविर क्षेत्रमा अशक्तका लागि यस अघि निर्माण भए जस्तै अर्ध सिमेन्ट प्रयोग गरी टिनको छाना र बाँसको वेरा लगाएर छाप्रा निर्माण गर्ने योजना बनाएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । बैठकमा प्रति छाप्रामा कति खर्च लाग्ने बारे शरणार्थी रेखदेख निकायले स्पष्ट नपारेको बताइएको छ ।
शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय निकाय दमक शाखाको आयोजनामा भएको छलफलले झापाको दमकमा रहेको बेलडाँगी १ शिविरलाई वेलडाँगी २ मा तत्काल स्थानान्तरण गर्ने निर्णय समेत गरेको छ ।
यसैबीच यता भूटानी शरणार्थी शिविर वेलडाँगीका शिविर व्यवस्थापन समिति सचीव टिकाराम रसाईलले भने जिम्मेवार पदाधिकारीलाई छलफलमा सहभागी गराउँन माग गरे पनि नदिएकोले कोही पनि सहभागी नभएको बताउनु भएको छ । 

छलफलमा यूएनएचसीआर दमक शाखाकी प्रमुख अन्ना पेलोसी, विश्व लुथरन फेडरेशन क्षेत्रिय संयोजक राजेन्द्र राउत, विश्व खाद्य कार्यक्रम दमक शाखा प्रमुख प्रविन श्रेष्ठ र पथरी शिविर सचीव चम्पासिंह राई, दमक वडा नं. ३ का अध्यक्ष नविन बराल, २ का अध्यक्ष प्रजापति सापकोटा, हंसे दुम्से सामुदायिक बनका अध्यक्ष हिमालय प्रसाद दाहाल, पथरी शनिश्चरे नगरपालिका वडा नं. १० का अध्यक्ष सागर राई, पशुपति सामुदायिक बन पथरीका अध्यक्ष इश्वर चौहान सहित अन्य जिम्मेवार पदाधिकारीबीच छलफल भएको छलफलमा सहभागीहरुले बताएक छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here