मन्त्रीपरिषद् बिस्तार तर अझै भएन पूर्णता

0
872

१४ फाल्गून, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेपनि अझै ११ वटा मन्त्रालयले भने पूर्णता पाएका छैनन् ।

आकांक्षीलाई ब्यवस्थापन गर्न नसक्दा लम्बिएको भनिएको मन्त्रीपरिषद बिस्तारमा सोमबार पनि ४ जना मात्र मन्त्री थपिएका छन । एमाले र माओवादीबाट २/२ जना थपिएपछि मन्त्रिपरिषद् सात सदस्यीय बनेको छ । एमालेबाट रक्षामन्त्रीमा ईश्वर पोखरेल र अर्थमन्त्रीमा युवराज खतिवडाले सपथ लिएका छन । यस्तै माओवादीबाट गृहमन्त्रीमा रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मातृका यादवले सपथ लिएका छन्। उनीहरुले प्रधानमन्त्रीको उपस्थितिमा शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन्। फागुन ३ गते प्रधानमन्त्रीको सपथ लिएका ओलीले सोही दिन एमालेबाट २ मन्त्री समावेश गर्दै मन्त्रिपरिषद् गठन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here