भूटानी शरणार्थीहरुमा स्वास्थ्य विमाका लागि अभिमुखिकरण शुरु

दिर्घकालिनरुपमा सहयोग गर्न शरणार्थीहरुको माग

0
1480

दिर्घकालिनरुपमा सहयोग गर्न शरणार्थीहरुको माग
१४ फाल्गुन २०७४/डिकेश लामा
दमक/झापाको दमकमा रहेका भूटानी शरणार्थीहरुको स्वास्थ्य विमाका लागि शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय (यूएनएचसीआर) ले अभिमुखिकरण कार्यक्रम शुरु गरेको छ ।
नेपाल सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रमलाई एक बर्षका लागि रेखदेख निकायले लगानी गर्ने र बाँकी बर्षहरुमा शरणार्थीहरुले तिर्नु पर्ने विषयमा शरणार्थीहरुले असन्तुष्ट व्यक्त गरेका छन् । हरेक बर्ष नविकरण गर्दा लाग्ने कम्तिमा रु २५ सय रुपयाँ शरणार्थीहरुले निकाल्न नसक्ने भन्दै कार्यक्रम संचालन अवधिभर सो रकम रेखदेख निकायले व्यहोर्न माग समेत गरेका छन् ।
स्वास्थ्य विमा बोर्ड प्रदेश नम्बर १ का संयोजक तुलसी पोखरेलले सहजीकरण गर्नु भएको कार्यक्रममा शरणार्थी अगुवाहरुले सो माग राखेका हुन् । शिविर व्यवस्थापन समितिका सचीव टिकाराम रसाईली, पूर्व सचीव चिञ्जीवि राई, टेकबहादुर राई लगायतले एक बर्ष विमाको शुल्क संस्थाले तिरेर अर्को बर्ष नविकरण गर्ने रकम शरणार्थी स्वयम्ले तिर्न नसक्ने अवस्था रहेको बताएका छन् । कार्यक्रममा आम्दा नेपालका कार्यक्रम संयोजक सुमन नेपालले स्वास्थ्य विमाले शरणार्थीहरुलाई ठूलो सहयोग पुग्ने भएकोले दिर्घकालिन सोच र सवैलाई सहज हुने तवरले कार्य गर्नु पर्नेमा जोड दिनुभयो । 

यस विषयमा कार्यक्रममा उठेका शरणार्थीहरुको मागलाई कार्यलयमा पुर्याउने कार्यक्रममा सहभागी हुनु भएकी यूएनएचसीआर प्रतिनिधि गंगासेनले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here