ओझा र शिल्पाको मंगलम् २५ गते सार्वजनिक

0
1868

ओझा र शिल्पाको मंगलम् २५ गते सार्वजनिक


१३ फाल्गुन, २०७४
दमक/ लामो समयदेखि निर्माता ओझा र शिल्पाको विवाहबारे चासो रहेको नेपाली सिनेमा क्षेत्रमा यो जोडीले आफ्नो मंगलम् सार्वजनिक गर्ने भएका छन् । विवाहमा मंगलम् तनोहरी भने जस्तै वास्तविक नभई शिल्पा पोखरेलले पहिलो निर्माणको प्रयास गर्नु भएको रिल मंगलम् चाँही यही फाल्गुन २५ गते देखि सार्वजनिक हुने भएको हो ।
नेपाली सिनेमा क्षेत्रमा अत्याधिक फिल्म उत्पादनले बजार लिन अति प्रतिष्पर्धा रहेको भएको बताइएको छ । लामो समय नेपाली सिनेमा क्षेत्रमा कार्य गरेका छवि ओझाले आफ्नो २३ औं चलचित्र मंगलम्को प्रमोशन गर्न आएको अवसरमा आज पत्रकार सम्मेलन गर्दै सो कुरा बताउनु भएको हो । बार्षिक १ सय भन्दा धेरै फिल्म बन्न थाले पछि सानो बजारमा अति प्रतिष्पर्धा रहेको समेत ओझाले बताउनु भयो ।
निर्माता ओझा र नायिका शिल्पाबीचको विवाहको विटबारे पत्रकारको जिज्ञासामा उनीहरुले कुरा नै अर्को तिर मोड्दै फिल्म हेर्दा मंगल हुने भन्दै मंगलम्को प्रोमशनमा जोड दिए । तर ओझाले बनाएको पछिल्लो नायिका शिल्पाको भने पहिलो पटक निर्माताको समेत भूमिका गरेको यो पहिलो र विशुद्ध सामाजिक फिल्म भएको बताइएको छ ।
चलचित्रका निर्देशक र कलाकार सहित दमकमा आएको टोलीले मंगलम् चलचित्र आगामी फाल्गुन २५ गते देखि देशभरका हलहरुमा चल्ने जानकारी दिएको छ । फिल्म स्थानीय नेपाली समाज र परिवारिक विषय बस्तुमा निर्माण भएको निर्देशक नवल नेपालले बताउनु भयो ।
सम्मेलनमा नायिका शिल्पा पोखरेल र पुष्प खड्काले समाजमा काल्पनिक नभई वास्तविक भोगाईको अभिनय गरेको दावी गरेका छन् । यो चलचित्र निर्माणमा दृष्टिकोणबाट शिल्पा पोखरेलको पहिलो फिल्म समेत भएको बताइएको छ । चलचित्रमा १ करोडको हाराहारीमा लगानी भएको बताइएको छ ।

see live talk with team

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here