चर्चीत अभिनेत्री श्रीदेवीको हृदयघातले निधन

0
1085
तस्बिरःएएफपी

१३ फाल्गून,काठमाण्डौं । भारतीय चलचित्र क्षेत्रमा सफल मानिएकी एक जना चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति हृदयातका कारण निधन भएको छ।५४ वर्षीया श्रीदेवी आफ्नो नन्दको छोराको विवाह कार्यक्रममा समावेश हुन दुबई पुगेका बेला उनको हृदयघातबाटै मृत्यु भएको बताइएको छ ।

उनको निधनले बलिउड र विश्वभरि रहेका उनका लाखौं फ्यान शोकमा डुबेका छन्। उनको निधनको खबरलाई लिएर सोसल मिडियामा आश्चर्य मान्नेको संख्या ठूलो छ ।  सन् १९६३ को अगस्ट १३ मा तमिलनाडुमा जन्मिएकी श्रीदेवीले बाल कलाकारको रुपमा फिल्मी करिअरको सुरुवात गरेकी थिइन्। उनी भारतीय सिनेमामा पहिलो सुपरस्टार अभिनेत्री हुन् । उनले १९७८ मा ‘सोल्हवा सावन’ मार्फत बलिउडमा पाइला टेकेकी थिइन्।  १९८३ मा प्रदर्शित ‘हिम्मतवाला’पछि उनको नाम चर्चित भएको थियो । उनले पाँचपल्ट फिल्मफेयर अवार्ड जितेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here