हात्ती प्रभावित क्षेत्रमा ८८ वटा सौर्य बत्ती

बत्ती जडानले नेपाली तथा भूटानी दुवै समूदायलाई लाभ

0
1728

बत्ती जडानले नेपाली तथा भूटानी दुवै समूदायलाई लाभ

फाल्गुन १२, २०७४
दमक/ झापाको दमकमा पछिल्लो समय हात्तीले अति दुःख दिएको क्षेत्रमा हात्ती धपाउन सहजताका लागि ८८ थान सौर्य बत्ती जडान कार्य अन्तिम चरणमा पुगेको छ ।
भूटानी शरणार्थी शिविर रहेको दमकको हंसे दुम्से बन क्षेत्रमा स्थानीय टोल विकास संस्थाको जनश्रममा शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय मार्फत विश्व लुथरन फेडरेशनले बत्ती जडान कार्य गरेको स्थानीय अगुवा गणेश चाम्लिङ्ग राईले बताउनु भयो ।
बत्ती बेलडाँगी १ क्षेत्रका ४४ थान जडान भईसकेको छ भने बेलडाँगी २ क्षेत्रको बाटोमा जडान कार्य तिव्रतररुपमा भईरहेको बताइएको छ ।
बत्ती जडान ८ वटा टोल विकास संस्थाको श्रम दानमा गरिएकोले कार्य सम्पन्न नभई कति बजेटमा योजना निर्माण हुने बारे हाल स्पष्ट नरहेको बताइएको छ । भूटानी शरणार्थी प्रवाभित क्षेत्रमा ४४ वटा पोलमा बत्ती जडान भईसकेको र बाँकी ४४ वटामा जडानको काम भईरहेको बैकल्पिक उर्जाका सामाजिक परिचालक भोला पोखरेलले बताउनु भयो । बत्ती जडानले भूटानी र नेपाली दुवै समूदायलाई सुरक्षाको दृष्टिकोणबाट सहयोग पुग्ने शिविर सचीव टिकाराम रसाईलीले बताउनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here