कुरुम्बाङ्ग सङजुम्भोको तेस्रो राष्ट्रिय महाधिवेशन

सवै जातजातिले पहिचानका लागि आफ्नो सँस्कृति जोगाउनु पर्ने

0
1168

सवै जातजातिले पहिचानका लागि आफ्नो सँस्कृति जोगाउनु पर्ने


११ फाल्गुन २०७४/डिकेश लामा
दमक/झापाको दमकमा आज देखि याक्थुङ्ग कुरुम्बाङ सङजुम्भोको तेस्रो राष्ट्रिय महाधिवेशन शुरु भएको छ ।
पूर्वी नेपालको खास गरी लिम्बुवान क्षेत्रमा बसोवास गर्दै आएका ९ जिल्लाका कुरुम्बाङ्ग थरको लिम्बु जातिहरुको राष्ट्रिय भेला गरी अधिवेशन शुरु गरिएको आयोजक समितिका सचीव कार्यक्रम संचालक दिलेन्द्र कुरुम्बाङ्गले बताउनु भयो ।
     कार्यक्रममा वि.सं. १४ सय देखिको बंशको खोज र तथ्याङ्क संकलन कर्ता देश राज कुरुम्बाङ्ग, तुल हर्क कुरुम्बाङ्ग, हर्कजङ्ग कुरुम्बाङ्गलाई ताम्रा प्रत्र र नगद २५ हजारले कार्यक्रमका प्रमुख अतिथि लिम्बु जातिको साझा संघ याक्थुङ चुम्लुङ्ग झापा जिल्लाका अध्यक्ष भक्त खेवाङको हातबाट सम्मान गरिएको छ । सङजुम्भोको केन्द्रिय अध्यक्ष होम भक्त कुरुम्बाङ्गको अध्यक्षतामा भएको महाधिवेशनमा अन्य कुरुम्बाङ्ग जातिका अन्य ५ जना जेष्ठ नागरिक तथा सामाजिक अगुवालाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रममा जातिय संघ संस्थाका अगुवा भक्त खेवाङ, गुमानसिंह सम्बाहाम्फे, कविन्द्र शेर्मा, सेसेहांग फियाक लगायतले आफ्नो पहिचान संस्कार सँस्कृति नबचाए राष्ट्रिय पहिचान गुम्ने भएकोले सवै जातजातिले यसको संरक्षणमा जोड दिनु पर्ने बताउनु भयो ।

   कार्यक्रममा हाक्पारे, च्याबु्रङ्ग नाच लगायत अन्य जातिय सँस्कृतिका विविध प्रदर्शनी समेत गरिएको छ । वि. सं. २०१३ साल देखि नै कुरुम्बाङ्गहरु एकिकृत हुने कार्य भए पनि ४५, ५७ हुँदै अन्तिम पटक ६९ सालमा विधिवत संस्थाको रुपमा कुरुम्बाङ्ग सङजुम्भोको स्थापना भएको अध्यक्ष होम भक्तले बताउनु भयो । कार्यक्रममा देश विदेशमा छरिएर रहेका १५ देखि २० हजार हाराहारीका कुरुम्बाङको अनुमानित जनसंख्या रहेको बताइएको छ । वास्तविक तथ्य संकलन कार्य समेत तिव्ररुपमा भईरहेको बताइएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here