एमाले माओवादी मन्त्रालय भागबण्डाः एमाले १०, माओवादीलाई ७

0
832

१० फाल्गुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले मन्त्रालय भागवण्डा टुंग्याएका छन । बालुवाटारमा बिहिबार बिहान बसेको प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालको बैठकले एमालेले १० र माओवादी केन्द्रले ७ मन्त्रालय लिने गरी समझादारी भएको हो ।

१८ मन्त्रालय राख्ने समझदारी भएअनुसार एमालेले प्रधानमन्त्री सहित ११ मन्त्रालय र माओवादी केन्द्रले ७ मन्त्रालय पाउनेछन । एमालेले अर्थ तथा योजना, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना सञ्चार, कानुन, न्याय तथा संसदीय मामिला, पर्यटन शिक्षा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राख्ने भएको छ । त्यस्तै माओवादी केन्द्रले गृह, जलस्रोत तथा ऊर्जा, उद्योग, वाणिज्य तथा आपूर्ति, शहरी विकास, आवास खानेपानी तथा सरसफाइ, वन तथा वातावरण, कृषि, सहकारी तथा भूमि व्यवस्थापन, श्रम तथा रोजगार तथा महिला बालवालिका मन्त्रालय लिने समझदारी गरेको छ । मन्त्रालय भागबण्डा मिलेपछि प्रधानमन्त्री ओलीले शुक्रबार नै मन्त्रिपरिषद बिस्तारको तयारी गर्नुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here