हात्ती पाइलेको औषधी सवैलाई खान आग्रह

0
1533

१० फाल्गुन २०७४/डिकेश लामा
दमक/सवैलाई हात्ती पाईलेको दवाई खान आव्हान गर्दै आज दमकको मुख्य चौकमा औपचारिकरुपमा जन चेतनामुलक कार्यक्रम गरिएको छ ।
लायन्स क्लव माउण्ट एभरेष्ट दमक र जिल्ला जनस्वास्थ्य कार्यालय झापाको आयोजनमा कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि रहनु भएका दमक नगर पालिका मेयर रोमनाथ ओलीले कसैको भ्रमपूर्ण हल्लामा नलागी स्वास्थ्य नागरिक बन्न सवैले हात्ती पाईलेको औषधी खान आग्रह गर्दै आफैले औषधी खाएर देखाउनु भएको छ । कार्यक्रम डा. बुद्धिशेखर भट्टराईले खाली पेट, सुत्केरी महिला, दिर्घ रोगीहरु बाहेक अरुले औषधी खाँदा मिल्ने बताउनु भयो । पर्सी १२ गते देखि १४ गतेसम्म झापा भरी औषधी खुवाउने अभियानमा सवैलाई सरिक भएर आफू र समाज स्वास्थ्य बनाउन सवैले सहयोग गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा उपमेयर गीता अधिकारी, संचारकर्मी देखि समाजका प्रतिष्ठित व्यक्तिहरुले औषधी खाएर देखाउँदै सवैलाई औषधी खान आग्रह गरिएको छ । 

गत बर्ष दमक नगर पालिकामा मात्र ६७ हजार ८ सय ७१ मानिसमा हात्ती पाइलेको औषधी खुवाउने लक्ष्य लिएको भए पनि ३९ हजार ५ सय ८० जनाले मात्र औषधी लिएको दमक अस्पतालका जन स्वास्थ्य अधिकृत राम विक्ष चौधरीले बताउनु भयो । 

यता हात्ती पाईले औषधी झापा जिल्लामा कतिले खाए भनेर सरोकारवाला निकायले सर्वेक्षण गर्दा दमक नगर पालिकाले ३० प्रतिशत मानिसले मात्र सेवन गरिएको पाइएको दमक नगर पालिकाका स्वास्थ्य संयोजक इन्द्रप्रसाद अर्यालले बताउनु भयो । सन् २००० सम्ममा हात्ती पाईले उन्मुलन गर्ने सरकारी लक्ष्य अनुसार यो बर्ष झापा जिल्ला भरी ७ लाख मानिसमा औषधी खुवाउने लक्ष्य लिइएको जिल्ल्ला जनस्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here