हंसेदुम्से सामुदायिक बनमा तालाबन्दी

निर्वाचन कार्यक्रम प्रभावित हुन सक्ने

0
2983

निर्वाचन कार्यक्रम प्रभावित हुन सक्ने
१० फाल्गुन २०७४/डिकेश लामा

 
दमक/झापाको दमकमा रहेको हंसेदुम्से सामुदायिक बनमा आज असन्तुष्ट उपभोक्ताहरुले तालाबन्दी गरेका छन् ।
४३ सय हाराहारीमा १ देखि ७ वटा ब्लकमा रहेका उपभोक्ताहरु मध्ये धेरैलाई जानकारी नगराई राजनैतिक भागबन्डाको आधारमा परिषद छनौट गरेको भन्दै तालाबन्दी गरेको उपभोक्ताहरुले बताएका छन् । ७ वटै व्लकबाट छनौट भएका १ सय ५९ परिषद सदस्यको आजै मात्र नाम सार्वजनिक गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । 

आगामी १६ गते निर्वाचन गर्ने भनी सार्वजनिक गरिएको सूचना थाहा पाउन साथ उपभोक्ताहरुले राजनैतिक भागबन्डाको आधारमा नभई विधान बमोजिम परिषद सदस्यको पूर्नचयन वा निर्वाचन गर्नु पर्ने माग गरेका छन् । 

विगत ९ महिना देखि निर्वाचन हुन नसकेको सामुदायिक बनमा निर्वाचनको मिति तय भएसँगै तालबन्दी हुनुले निर्वाचन प्रभावित हुनसक्ने स्थानीय अगुवा गणेश चाम्लिङ्ग राईले बताउनु भयो । यता सामुदायिक बनका अध्यक्ष हिमालय प्रसाद दाहालले भने विधान बमोजिम नै निर्वाचन प्रकृया अगाडि बढाएको बताउँदै आउनु भएको छ ।
६ सय ३१ हेक्टर क्षेत्रफलमा रहेको सो सामुदायिक बन झापाको दशौं ठूला बनहरुको दर्जामा पर्नेे जिल्ला बन कार्यालयले जानकारी दिएको छ । सो बनको १ सय १७ हेक्टर क्षेत्रमा २५ बर्ष देखि भूटानी शरणार्थीहरु बसोबास गर्दै आएका छन् । पछिल्लो समय शरणार्थीहरु बसोबास गरेको धेरै भाग खाली बनिसकेको अवस्था रहेको छ । बनको गत साउनमा निर्वाचन हुनु पर्ने विधानमा उल्लेख भए पनि हालसम्म निर्वाचन हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here