१ हजार भन्दा बढी बौद्धमार्गीले गरे अवतारी लामाको दर्शन

0
1163

८ फाल्गुन २०७४ 
दमक/चार पटक पुनर्जन्म लिएको भनेर बौद्ध धर्मावलम्भीमा विश्वास मानिएका अवतारी लामा प्हायुल ल्याटुल रेम्पोछेको दर्शन गर्न १ हजार भन्दा धेरै बौद्धमार्गीहरु दमकमा भेला भएका छन् । हिजो देखि दमकमा भएको विश्व शान्ति पूजा तथा आयु अभिषेक (वाङ्ग) कार्यक्रममा विभिन्न देशबाट आएका बौद्ध भिक्षु सहितको टोलीमा अवतारी गुरु रेम्पोछे आउनु भएको हो । पूर्वी नेपालका विभिन्न जिल्लाबाट आउनु भएका बौद्धधर्मावलाम्भीहरुलाई गुरुले आज प्रवचन र अभिषेक प्रदान गर्दै कार्यक्रम समापन भएको पूजाका अगुवा हर्कमाया तामाङले बताउनु भयो । कार्यक्रममा दुई दिन गरी १ हजार देखि १२ सय हाराहारीमा विभिन्न क्षेत्रका बौद्धमार्गीहरुले गुरुको आर्शिवचन ग्रहण गरेको तामाङले बताउनु भयो । 

क्यानाडा, थाइल्याण्ड, चिन, भारत, हङ्कङ्ग लगायतका देश बाट आउनु भएका बौद्ध भिक्षु सहित विभिन्न क्षेत्र दर्जन बढी लामा गुरुहरुले विश्व शान्तिका लागि पूजापाठ गरेको आयोजक समितिले जानकारी दिएको छ ।
कार्यक्रममा झापा, मोरङ्ग, सुनसरी, इलाम, पाँचथर लगायतका क्षेत्रबाट गुरुको प्रवचन र दर्शन गर्न आएको आचार्य लामा कर्मा क्लेगले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here