एमाले माओवादीबीच एकीकरण, एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी

0
1136

७ फाल्गुन काठमाण्डौं। पार्टी एकीकरण गर्ने घोषणा गरेको झण्डै ५ महिनाको कसरतपछि अन्ततः नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भएको छ । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिएको छ ।

फागुन २ मै पार्टी एक भइसक्ने हल्ला चलाइएपनि पार्टीको निर्देशक सिद्धान्त के रहने भन्ने बिषयमा बिवाद हुँदा ३ फागुनमा गठन भएको केपी ओली नेतृत्वको सरकारमा समेत माओवादी सहभागी भएको थिएन । प्रधानमन्त्री निवास बालुवाटरमा आज राति ११ बजेसम्म बसेको बैठकले एकीकृत पार्टीको निर्देशक सिद्धान्त मार्क्सबाद लेनिनवाद रहने लगायतका ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, पुष्पकमल दाहाल, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठद्वारा हस्ताक्षरित सहमतिपत्रको अन्य बुँदाहरुमा एमालेको जनताको बहुदलीय जनवादको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा र शान्ति सम्झौतापछि माओवादीको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धाको समान नीति रहने, एमालेको जबज र माओवादीको माओवाद र २१ औँ शताब्दीमा जनवादको  विधिसम्मत छलफल र परिमार्जन गरिने, अन्तरिम विधान तयार गरिने,  प्राप्त उपलब्धिको रक्षा गरी सामाजिक तथा आर्थिक रुपान्तरण गर्दै समाजवादको आधार तय गरिने र एकता महाधिवेशन हुने उल्लेख छ। दुई पार्टी प्रदेश र संघीय चुनावको पूर्बसन्ध्यामा गत असोज १७ गते पार्टी एकीकरण गर्ने सहमति भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here