कुर्दिस लडाकूलाई नसघाउन टर्किको सिरियालाई चेतावनी

0
802
तस्बिरःरोयटर्स

७ फागुन, काठमाण्डौं । टर्की कुर्दिस लडाकुबिरुद्ध आक्रामकरुपमा प्रस्तुत भएको छ । टर्कीले आतकंवादी समूह मानेको कुर्दिसलाई अमेरिकाको सहयोगमा सिरियाले सघाएपछि टर्कीले उनिहरुलाई नसघाउन सिरियालाई चेतावनी दिएको छ।

सिरियाका सरकारी सन्चारमाध्यमहरुले सरकार समर्थित मिलिसियाहरु अबको केहीघन्टाभित्रै देशको उत्तरमा कुर्दहरुको नियन्त्रणमा रहेको आफ्रिन इलाकामा प्रवेश गर्न लागेको जनाएपछि टर्की सरकारको त्यस्तो चेतावनी आएको हो । टर्कीका विदेश मन्त्री मेभलुत काभुसोग्लुले आफ्ना मुलुकका सैन्यलाई कसैले पनि रोक्न नसक्ने बताएको बीबीसीले जनाएको छ । बिदेश मन्त्री  काभुसोग्लुले सिरियाली सैन्यले कुर्द लडाकुहरुलाई सघाए पनि आफ्ना सैन्यले कुर्दहरु विरुद्धको कारवाही जारी राख्‍ने चेतावनी पनि दिए। टर्कीबाट भैरहेको अतिक्रमण रोक्न कुर्द लडाकुहरुलाई सघाउन सिरिया सहमत भएको भन्ने बताइँदै गर्दा टर्कीको त्यस्तो भनाइ आएको हो। यसअघि सिरियास्थित कुर्द अधिकारीहरुले टर्कीको सैनिक अतिक्रमणसंग जुध्न सिरिया सरकारले उनीहरुलाई सहयोग गर्न लागेको बताएका थिए। कुर्दिश डेमोक्याटिक युनियन पार्टी र उसको सशस्त्र इकाई वाइपिजीले गएको ६ वर्षदेखि उत्तरी सिरियामा पकड जमाएका छन् । उनीहरुले इस्लामिक स्टेट लडाकुहरुलाई धपाएर उत्तरी सिरियाका ठूलो भूभागमा आफ्नो नियन्त्रणमा ल्याएका थिए। टर्कीले सिरियास्थित कुर्द सैन्यलाई नसघाउन संयुक्त राज्य अमेरिकासंग माग गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here