प्रजातन्त्र स्थापना दिवशको अवसरमा विविध कार्यक्रम

दमकमा चार स्रष्टालाई सम्मान

0
998

संविधान संशोधनमा जोड
७ फाल्गुन, २०७४/डिकेश लामा 
दमक/६८ औं प्रजातन्त्र स्थापना दिवशको अवसरमा आज दमकमा सहिदको तस्विरमा फूल र अविर लगाउदै सवैलाई मान्य हुने संविधान र अधिकार ल्याउनु पर्ने कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । कार्यक्रममा प्रमुख अतिथि रहनु भएका प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य अर्जुन राईले नागरिकहरुले सही पजातन्त्र पाएका छन् कि छैनन भन्ने कुरामा अझै पनि प्रश्न रहेको बताउनु भएको छ ।
१ सय ४ बर्षको जहानियाँ राणा शासनको अन्धकार युग हटाएर  पनि नागरिकले अझै सवैलाई समेट्ने संविधान पूर्ण नभईसकेको उहाँले बताउनु भयो । जसका लागि असन्तुष्ट पक्षसँग बसेर संविधानलाई सुधारेर लानु पर्ने बताउनु भयो । यस्तै हालैमात्र समानुपातिक कोटामा प्रतिनिधिसभाको संसद बन्नु भएकी कार्यक्रमको विशिष्ट अतिथि महेन्द्रा कुमारी सुब्बाले आफ्नै क्षेत्रबाट प्रधानमन्त्री बन्नु भएका केपी ओलीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनु भयो । सुब्बाले संविधान संशोधन कार्यमा बाँकी रहेका कुराहरुलाई पुरा गर्नु पर्ने समेत बताउनु भयो । दमक नगर पालिकाका मेयर रोम ओलीको सभापतित्वमा भएको कार्यक्रममा उपमेयर गीता अधिकारीले सहिदले बताएका रगतको सम्मान गर्नु पर्ने कुरा राख्दै सहभागीलाई स्वागत गर्नु भएको छ । कार्यक्रममा मेयर ओलीले प्रजातन्त्र दिने नभई अनुभुती गर्ने भएको कुरा भएकोले सवैलाई प्रजातान्त्रिक व्यवहार गर्नु पर्ने बताउनु भयो ।

दमक नगर पालिकाको आयोजनामा भएको कार्याक्रममा नगर क्षेत्रका राजनैतिक, सामाजिक, सुरक्षा, शिक्षा क्षेत्रका अगुवाहरुको उपस्थिति रहेको कार्यक्रम संचालक डम्बर बरालले बताउनु भयो ।

दमकमा चार स्रष्टालाई सम्मान
यसैगरी यता झापा जिल्लालाई कार्य क्षेत्र बनाएर साहित्य तथा संगीत क्षेत्रमा लामो समय योगदान दिने ४ जना स्रष्टालाई सम्मान गरिएको छ ।

   हाम्रो अभियान अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन भन्ने नाराका साथ मोडल क्याम्पस साहित्यिक मञ्चले पजातन्त्र दिवशको अवसरमा सम्मान गरेको हो । मञ्चको आयोजनामा दमकको मेची सहकारीको भवनमा भएको कार्याक्रममा पूर्व नेपालका अग्रज लोक गायक एलपी जोशी, अग्रज साहित्यकार रुद निरौला, भेषराज नेउपाने, विन्दु दाहाल मुक दर्शकलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । मञ्चका अध्यक्ष जितेन साङपाङ्ग राईको अध्यक्षतामा भएको कार्याक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख कृष्ण तिम्सिनाले सम्मान गर्नु भएको हो । कार्यक्रममा तिम्सिनाले निजी क्षेत्रको क्याम्पसले कलेज बाहिर सार्वजनिक स्थलमा गरेको यो पहिलो कार्यक्रमले नव प्रतिभाको हौसला, विधार्थीहरुमा व्यवहारिक ज्ञान बढ्नुका साथै सामुदायिक प्रतिष्ठा समेत बढेर जाने बताउनु भयो । कार्यक्रममा पूर्वी नेपालका नाम चलेका साहित्यकारहरु लोकेन्द्र बञ्जारा, मेची पुत्र, सुन्दुर कुरुप, कल्पना आचार्य, घनश्याम पथिक लगायत २ दर्जन नव साहित्यकारहरुले रचना बाचन समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here