बिश्वकप छनौटमा नेपाल सहज समूहमा

0
682

फागुन ४, काठमाण्डौं । आइसीसी विश्व क्रिकेट डिभिजन टूको उपबिजेता बनेको नेपाल विश्वकप छनौटका लागि तुलानात्मक रुपमा सहज समूहमा परेको छ ।

एकदिवसीय विश्वककप क्रिकेटको छनोटमा पुगेको नेपालले समूह चरणमा अफगानिस्तान ,हङकङ , जिम्बावे र स्कटल्यान्डसँग खेल्ने भएको छ। बिहिबार भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता भएको नेपालले आगामी महिना जिम्बावेमा हुने एकदिवसीय विश्वकपको विश्वस्तरको छनोट अन्तर्गत समूहगत चरणको खेलमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्डसँग खेल्ने  पक्का भएको हो। नेपालले आफ्नो पहिलो खेल मार्च ४ मा जिम्बावेसँग खेल्ने छ। ८ मार्चमा स्कटल्यान्डसँग, १० मार्चमा अफगानिस्तानसँग र १२ मार्चमा हङकङसँग खेल्ने छ।  लिग विजेता युएई समूह ए मा वेस्ट इन्डिज ,आयरल्यान्ड, पपुआन्युगिनी र नेदरल्यान्डससँग खेल्नेछ । छनोटबाट उत्कृष्ठ हुने २ टिम २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि छनौट हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here