मन्त्रीपरिषद् बिस्तार तत्काल नहुने, पार्टी एकता पनि अन्यौल

0
826

४ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रीपरिषद् विस्तार नगर्ने भएका छन् । बिहीबारै माओवादीलाई समेत समेटेर सानो आकारको मन्त्रीमण्डल गठन गर्ने योजना भए पनि अन्तिममा आएर माओवादीले मन्त्री हुनेको नामावली नपठाएपछि तत्काललाई मन्त्रिपरिषद बिस्तार टरेको हो ।

पार्टी एकताको टुङ्गो नलागेसम्म माओवादीले सरकारमा सहभागिता नजनाउने जनाएपछि ओली सरकारको भबिष्यमाथि समेत प्रश्न उठ्न थालेको छ । अर्कोतर्फ एमालेभित्रकै माधव नेपाल समूहको चित्त बुझाउनुपर्ने भएपछि ओलीले बिहिबार महत्वपूर्ण नमानिएका मन्त्रालयमा लालबाबु पण्डित र थममाया थापालाई क्रमश जनसंख्या तथा वातावरण र महिला तथा वालवालिका मन्त्रीका रुपमा नियुक्त गरेका छन । यसैबीच एमाले–माओवादीबीच एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त के हुने र केन्द्रीय तहमा स्थापित भइसकेका नेताहरुको ब्यवस्थापन कस्तो हुने भन्नेबारे टुंगो नलाग्दा दुई पार्टीबीचको एकता प्रकिया पनि अन्योलमा परेको छ । पार्टी एकता नै अन्योलमा परेपछि माओवादीकै समर्थनमा बिहिबार ४१ औं प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई अप्ठ्यारोमा परेको बिश्लेषणहरु भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here