डिभिजन टू क्रिकेटः नेपाल र क्यानडा प्रतिस्पर्धामा, विश्वकप छनौट खेल्न जित्नै पर्ने दबाब

0
873

२ फागुन, काठमाण्डौ । नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले आज क्यानाडासँग खेल्दैछ । नेपालका लागि यो खेल गर या मरको अवस्थामा छ । विश्वकप छनौट खेलका लागि नेपालले आजको खेल जित्नैपर्ने दबाब छ । अन्तिम चरणमा आइपुग्दा क्यानडा, नेपाल र नामिबियाले समान ६ अंकसहित शीर्ष स्थानमा रहँदै छनोटको सम्भावनालाई बलियो बनाएका छन्।

यस्तै युएईले पनि छनोट हुने आशालाई जिवितै राखेको छ। शीर्ष २ भित्र परेका टिम आउँदो सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुने प्रतियोगितामा छानिनेछन्। शीर्ष स्थानमा रहेको क्यानडा, दोस्रो स्थानको नामिबिया र तेस्रो स्थानको नेपालको समान ६–६ अंक छ । नेट रनरेटमा भने नेपाल दुई टिमभन्दा पछि छ। तीन वटै टिमले समान ३–३ खेलमा जित हात पार्दा १–१ खेलमा हार बेहोरेका थिए। २ खेलमा जित र २ खेलमा पराजित युएईको ४ अंक छ। पछिल्लो समय खराब ब्याटिङले गुज्रिरहेको नेपाल शीर्ष २ मा पर्न आज क्यानडालाई हराउनैपर्ने बाध्यता छ। यदि हार बेहोरेको खन्डमा नेपालको शीर्ष २ मा पर्ने सम्भावना सकिनेछ। नेपालले हार बेहोरेको अवस्थामा नामिबियाले नेपाललाई अंकमा पछि पार्नेछ। यदि नामिबियालाई युएईले हराए पनि रनरेटमा नेपाललाई पछि पार्दै छनोट हुनेछ। यसर्थ नेपालका लागि आजको खेल ‘गर या मर’ सरह हुनेछ। नामिबयाको वन्डरर्स मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरू हुने खेलमा नेपालले आफ्नो ब्याटिङ लाइन सुधार्नुपर्ने हुन्छ। प्रतियोगितामा नेपालले बलिङमा राम्रो प्रदर्शन गर्दा ब्याटिङमा भने आफूलाई सम्हाल्न सकेको छैन।  चारपल्ट विश्वकप खेलिसकेको क्यानाडाले २०१४ को विश्वकप छनोटपछि रेलिगेसनमा पर्दै डिभिजन २ हुँदै ३ मा झरेको थियो । डिभिजन ३ को उपविजेता बन्दै क्यानाडा डिभिजन २ मा खेलिरहेको हो। क्यानडा र नेपालबीच भएका पछिल्ला २ खेलमा दुवै टिमले १–१ जित हात पारेका छन्। तीन वर्षअघि नामिबियामै भएको डिभिजन–२ मा नेपालले क्यानडामाथि ७ विकेटको जित हात पारेको थियो। त्यसअघि सन् २०१४ को विश्वकप छनोटमा नेपाललाई क्यानडाले १२ रनले हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here