डिभिजन टू क्रिकेटः नेपाल ओमानसँग ६ विकेटले पराजित

0
870

२६ माघ, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत नेपाल आफ्नो दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ३९ रनको झिनो लक्ष्य ओमानले ३५ दशमलव १ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नामिबियासँग संघर्षपूर्ण जित निकालेको नेपाल ओमानसँग लज्जास्पद हार ब्योहोर्न बाध्य भयो । २ रन जोड्दा विकेट गुमाएको ओमानका ब्याट्सम्यानहरु सम्हालिएर खेल्दा नेपालमाथी सहज जित हात पारे । विन्डहोकमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको ब्याटिङ लाइन नचल्दा अनपेक्षित हार ब्योहोरेको छ । १० रन हुँदा पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए भने  दिलिप नाथ १९ रनमा आउट भए । नेपालले थप १५ रन जोड्दा अर्का विकेट गुमायो । आरिफ शेख मात्र ६ रनमा पभेलियन फर्किदा कप्तान पारस व्यक्तिगत १७ रनमा आउट हुन पुगे । शरद भेषावकर र दिपेन्द्र सिंह ऐरीले पाँचौं विकेटका लागि ३६ रनको साझेदारी गरे । ऐरी २० रनमा आउट भए । बिहीबार नामिबियाविरुद्ध नेपाललाई रोमाञ्चक जित दिलाएका बसन्त रेग्मी मात्र १ रनमा पभेलियन फर्किए । त्यसपछि लगातार विकेट गुमाएको नेपालले ४५.६ ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । शरद भेषावकरले २२ रन बनाए भने सोमपाल कामीले १७ र रोहितकुमार पौडेलले १४ रन जोडे । करण केसी ४ रनमा आउट भए । नेपाललाई सस्तैमा अलआउट गर्ने क्रममा ओमानले खलिमउल्लाह एक्लैले चार विकेट लिएका छन् । २६ माघ, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालमा नेपालले ओमानसँग अनपेक्षित हार व्यहोरेको छ । पहिलो खेलमा नामिबियामाथि एक विकेटको जित निकालेको नेपाल शुक्रबार ओमानसँग ६ विकेटले पराजित हुन पुग्यो । नेपालका तर्फबाट सन्दिप लामिछानेले २ विकेट लिँदा करण केसी र सोमपाल कामीले एकएक विकेट हात पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here