माल्दिभ्स संकटः युद्धउन्मुख

0
969
तस्बिरःबीबीसी

२४ माघ, काठमाण्डौं । आवश्यक परेको खण्डमा आफ्ना सैनिकहरू माल्दिभ्समा खटाउनका लागि तम्तयार रहेको भारतीय सेनाले बताएपछि त्यहाँ युद्धको खतरा देखिएको छ ।

तस्बिरःएएफपी

विपक्षीले सेनाको सहयोगमा सत्तापलट गर्ने प्रयास गर्न लागेको दाबी गर्दै राष्ट्रपति अब्दुल्ला यामीनले माल्दिभ्समा मंगलबारदेखि संकटकालको घोषणा गरेका थिए। त्यसको प्रतिक्रियास्वरूप त्यहाँ उत्पन्न राजनीतिक गतिरोध तोड्न पूर्वराष्ट्रपति मोहमद नाशीदले भारतलाई सेना सहितको दूत पठाउन आग्रह गरेपछि भारतीय सेनाको यस्तो भनाई सार्बजनिक भएको हो । भारतीय सेनाका एक अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार जस्तोसुकै घटनाक्रमका लागि पनि भारतीय सेना तयारी अवस्थामा छ र तुरुन्तै परिचालित हुन सक्नेछ । यसअघि सन् १९८८ मा माल्दिभ्सका ‍तत्कालीन राष्ट्रपतिलाई सत्ताबाट हटाउन गरिएको प्रयासलाई विफल तुल्याउन भारतले आफ्ना सैनिक पठाएर त्यहाँ हस्तक्षेप गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here