राष्ट्रियसभा चुनाव जारी

0
821

२४ माघ, काठमाडौं । मूलुकभर ६ वटै प्रदेशमा राष्ट्रिय सभा चुनाव सुरु भएको निर्बाचन आयोगले जनाएको छ । २ नम्बर प्रदेशमा भने यसअघि नै सर्बसहमत भइसकेकाले चुनाव भएको छैन । प्रदेश १ को विराटनगरस्थित विरेन्द्र सभागृहमा, प्रदेश ३ को जवालाखेल चिडियाखाना अगाडि रहेको ललितपुर महानगरपालिका वडा ४ को कार्यालयमा र प्रदेश ४ को पोखरास्थित लोकसेवा आयोगको कार्यालय परिसरमा निर्वाचन भइरहेको छ ।

यसैगरी प्रदेश ५ को दाङस्थित कर्मचारी मिलन केन्द्रको भवनमा, प्रदेश ६ को सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा र प्रदेश ७ को डोटी सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माविमा निर्वाचन केन्द्र तोकिएको छ ।खराष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट ८ जना निर्वाचित हुने व्यवस्था छ । जसमा ३ जना खुला, ३ जना महिला, एक जना अपांग वा अल्पसंख्यक र एक जना दलित सदस्य रहन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here