शरणार्थी शिविरमा बलियो छाप्रा निर्माणका लागि स्थल छनौट शुरु

आफु बस्ने घरबारे बिस्तृत जानकारी भए भुटानी शरणार्थी थप खुसि हुने

0
4090

आफु बस्ने घरबारे बिस्तृत जानकारी भए भुटानी शरणार्थी थप खुसि हुने 
माघ २२ गते, डिकेश लामा 
बेलडाँगी/झापा तथा मोरङ्गमा रहेका भूटानी शरणार्थीहरुका लागि बलियो छाप्रा निर्माण गर्न आजदेखि स्थल मापन कार्य शुरु गरिएको छ ।

तेस्रो मुलुक पुनर्वास प्रकृयाबाट रहेका करिव ७ हजार ५ सय हाराहारीका भूटानी शरणार्थीहरुका लागि झापा र मोरङ्गमा गरेर ५ सय ६५ नयाँ छाप्रा निर्माण गर्न शुरु गरिएको हो । निर्माणका लागि आवश्यक सामाग्री बनाउने र जुटाउने कार्य तिव्ररुपमा भईरहेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

छाप्रा बनाउँनका लागि आज बेलडाँगी २ विस्तारितको उत्तरी क्षेत्रमा शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायको टोली सहित शिविर व्यवस्थापन समितिले सर्वेक्षण गरिएको शिविर सचीव टिकाराम रसाईलीले बताउनु भयो । रसाईलीका अनुसार छाप्रा २ फिटसम्मको उचाइमा इटा र सिमेन्ट प्रयोग गरी सिमेन्टको पोल प्रयोग गरेर टिनको छाना र बाँसको वेराले निर्माण गर्ने तयारी भएको बताइएको छ । प्रति घर कति खर्च आउने विषयमा सरोकारवाला निकायले औपचारिक सार्वजनिक नगरे पनि अनौपचारिकरुपमा २ हजार अमेरिकी डलर अर्थात नेपाली रु २ लाखको हाराहारीमा खर्च लाग्ने बताइएको छ ।

छाप्रा निर्माणका लागि सर्वेक्षण गरिएको क्षेत्रमा परेका पुरानो छाप्राहरु समेत हटाइने बताइएको छ । तोकिएको ५ सय ६५ मध्ये २ सय छाप्रा असक्तका लागि बनाइने विश्व लुथरन फेडेरेशन शरणार्थी शिविर प्रतिनिधि एलएन तिम्सिनाले बताउनु भयो । निर्माण अंग्रेजी बर्ष २०१८ भरीमा सक्ने योजना रहेको बताइएको छ ।

 

 

 

 

See live story by Dikesh lama

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here