उत्तर कोरियाका उच्च अधिकारी दक्षिण कोरिया जाने

0
783
तस्बिरःबीबीसी

२२ माघ, काठमाण्डौ । ओलिम्पिक खेलमा आफ्ना प्रतिनिधी सहभागी गराउने कि नगराउने भन्ने बिषय टुंग्याउन उत्तर कोरियाले आफ्ना उच्च तहका अधिकारीलाई दक्षिण कोरिया पठाउने भएको छ।

किम योङ नाम तस्बीरःबीबीसी

उत्तर कोरियाका आलङ्कारिक राष्ट्रप्रमुख किम यङ-नामले २२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबारदेखि दक्षिण कोरियाको भ्रमण गर्न लागेको बीबीसीले उल्लेख गरेको छ ।  खेलकुदमा उत्तर कोरियाली सहभागितालाई धेरैले प्योङयाङ्को कूटनीतिक धुर्त्याइँको रूपमा हेरेका छन्। यही ९ देखि २५ तारिखसम्म दक्षिण कोरियामा हुन लागेको ओलम्पिक खेलमा उत्तर कोरियाको सहभागिता सुनिश्चित भए दुई कोरियाली खेलाडीहरुले एउटै झण्डामुनि मार्च पास समेत गर्ने बीबीसीले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here