पहिचान र अधिकारका लागि सँस्कृतिको संरक्षण गर्नु पर्नेमा जोड

0
1099

पहिचान र अधिकारका लागि सँस्कृतिको संरक्षण गर्नु पर्नेमा जोड
दमक/ जातिय पहिचान र अधिकार सुनिष्चित गर्न सवै जातजातिले आफ्नो भाषा लिपी, धर्म संस्कृति, र भेषभूषाको संरक्षण गर्नु पर्ने बताइएको छ  ।

आज दमकमा लिम्बु जातिहरुको जातिय संगठन किरात याक्थुङ चुम्लुङक दमक नगर समितिको १२ औं साधारणसभा तथा ९ औं अबिधेशनका बक्ताहरुले सो कुरा बताएका हुन् । दमक नगरमा २७ बर्ष अघि २०४७ सालमा स्थापित चुम्लङले जातिय अधिकार र पहिचान कायम राख्न सवै एकजुट हुनु पर्नेमा जोड दिएका छन् । चुम्लुङका झापा जिल्ला अध्यक्ष भक्त खेवाङको प्रमुख आथित्यमा भएको कार्यक्रममा जनजाति अगुवाहरु प्रेम दिप थाम्सुहाङ्ग, विश्व दिप लिङ्देन, संकल्प लिङदेन, सम्मानित चुम्लुङ सदस्यहरु धिरेन्द्र लावाती, कविन्द्र शेर्मा, आदिवासी जनजाति नगर समितिका अध्यक्ष गुमानसिंह तामाङ, प्रादेशिक भाषा तथा नामकरण नागरिक अभियान मञ्चका सदस्य सेसेहाङ्ग फियाक, चुम्लुङका पूर्व सचीव संचारकर्मी विष्णु सुव्बा लगायतले बोल्नु भएको छ । यसैगरी दोस्रो चरणको बन्दसत्र कार्यक्रमले देवेन्द्र चेम्जोङ्गको अध्यक्षतामा पुन १३ सदस्ययीय नगर समितिलको गठन गरेको छ । झापा जिल्लामा १५ वटा स्थानीय तहमा रहेका चुम्लुङको साधारणसभा पछि झापा जिल्लाको चुम्लुङको अधिवेशन आगामी फाल्गुन १२ गते हुने कार्यक्रम संचालक ओममाया आङदेम्बेले बताउनु भयो । दमकमा लिम्बु जातिको पछिल्लो घर धुरी ९ सय ७५ रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here