नेपाली साहित्यका एक धरोहर व्राजाकी प्रति श्रद्धान्जली

0
2005

नेपाली साहित्यका एक धरोहर व्राजाकी प्रति श्रद्धान्जली
नेपाली साहित्यमा खासगरी कथा, गजल र संस्मरण विधामा चर्चित नाम हो मन व्राजाकी । विक्रम संवत १९९९ साउन १९ गते महोत्तरीको औरहीमा जन्मनुभएका चेतमानसिंह भण्डारी मनु ब्राजाकीका नामले बनारसमा अध्ययन गर्दादेखि गजल विधामार्फत साहित्य सिर्जनामा लाग्नुभएको थियो । बनारसबाट अध्ययन सके पछि नेपाल फर्किएपछि भने उहाँले कथा विधामा पनि कलम चलाउनुभएको थियो । युवा पुस्तामा खास गरी गजल र कथाका एक धरोहर मानिने व्राजाकी साँच्चै नेपाली साहित्यका एक धरोहर हुन भन्दा फरक पर्दैन ।
शुक्रबार उहाँको पार्थिव शरीरमा उहाँका छोरा अमितसिंह भण्डारीले दागबत्ती दिएसँगै उहाँको पार्थिव शरीर यस धर्तीबाट सँधैको लागि विलय भएको छ । तर उहाँका मुल्यवान कृति भने नेपलाी साहित्य नक्षेत्रमा सधैं रहिरहने छ । साहित्यकार ब्राजाकीलाई अन्तिम श्रद्धाञ्जलि दिन पशुपति आर्यघाटमा साहित्यकार, लेखकलगायत विभिन्न क्षेत्रका व्यक्तिको ठूलो भीडले उहाँको योगदानको महत्व र उपलव्धी उचो रहेको भन्ने प्रष्ट पार्छ । साहित्यकार ब्राजाकीको शुक्रबार बिहान १०ः३० बजे ७५ वर्षका उमेरमा पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । विसं २०६० देखि मस्तिष्क शिरोघात समस्याले पीडित ब्राजाकी मंसिर अन्तिम साता अस्पताल भर्ना हुनुभएको थियो । 

कथा, गजल, संस्मरण र स्तम्भ लेखनमा सक्रिय ब्राजाकीका ‘तिम्री स्वास्नी र म’, ‘अवमूल्यन’, ‘पारदर्शी मान्छे’, ‘अन्नपूर्णाको भोज’, ‘जनजीवनका जीवनगाथा’, ‘मनु ब्राजाकीका लघुकथा’, ‘गजल गंगा’, ‘काँडाको फूल’, ‘आगोले त पोल्छ, पोल्छ पानीले पनि पोल्छ’ लगायत कृति प्रकाशित छन् । उहाँका ‘मनु ब्राजाकीका रोजा गजल’, संस्मरण, समालोचना, कृति समीक्षालगायत पुस्तक प्रकाशोन्मुख छन् । साहित्यकार ब्राजाकीकी श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । नेपाली साहित्यमा उत्कृष्ट सृजना दिन सक्ने व्राजाकीको नाममा समस्त साहित्यकार र ग्लोवल पोष्ट परिवार हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here