बाटो निर्माण कार्य शुरु भए सँगै इलामको दक्षिणी भेगका बासिन्दा हर्षित

स्थानीय उत्पादन वेलडाँगी र दमक निर्यातमा सहज हुने

0
1781

स्थानीय उत्पादन वेलडाँगी र दमक निर्यातमा सहज हुने
डिकेश लामा
चुलाचुली/इलाम र झापा सिमाना नजिक रहेको इमानेटारमा गाडीको बाटो जाने भए पछि स्थानीय बासिन्दाहरु हर्षित भएका छन् । 

झापाले नदेखेको इलामले हेपेको भन्ने मानसिकता भएका बासिन्दाहरुको घर आँगममा बाटो पुग्ने भए पछि स्थानीय बासिन्दाहरु हर्षित भएका हुन । झापाको ॐशान्ति चौक देखि इलामको चुलाचुली वडा नं. ५ को फुइके भन्ने स्थानसम्म जाने करिव २ किलो मिटर बाटो स्थानीयको श्रमदान र गाविसको वडा बजेटबाट निर्माण शुरु गरिएको बाटो निर्माण समितिका अध्यक्ष सुरेश राईले बताउनु भयो ।
बाटो नहुँदा डोको र झोलुङ्गोमा विरामी बोकेर विरामी ल्याउने पर्ने अवस्थामा बाटो निर्माण पछि एम्बुलेन्स पुग्ने भए पछि गाऊँलेहरु हर्षित भएका छन् । बाटो निर्माणका लागि कल्भर्ट र ग्राभेलका लागि ८ लाख ५० हजार बजेट विनियोजन भएको गाविस अध्यक्ष प्रदिप चन्द्र राईका सहयोगी सञ्जय राईले बताउनु भयो । केही दिन अघि निर्माण शुरु गरिएको बाटो निर्माणले चुलाचुलीको एतिहासिक महत्व बोकेको पर्यटकीय क्षेत्र अन्धराजारानीको गुफामा जान समेत सहयोग पुग्ने स्थानीय बासिन्दा देवीधारा सामुदायिक बनका सचीव बुद्धिमान तामाङले बताउनु भयो । 

बर्षातको समयमा खोलाका कारण विकट क्षेत्रका मानिसहरु हिडडुल गर्न समेत समस्या हुने फुइकेमा चुलाचुली क्षेत्रको ग्रामिण सडकले जिवनस्तर समेत बृद्धि हुने स्थानीय अगुवा अमृत राईले बताउनु भयो । बाटो निर्माण कार्य चाँडै सकिने निर्माण समितिले जानकारी दिएको छ । यो सडकलाई मुल चुलाचुली कालापानी र कमल जोड्ने मुल सडकको रुपमा स्थापित गर्ने डिपीआर समेत तयारी गर्दै गरेको समेत बताइएको छ ।

बाटो निर्माणले स्थानीय उत्पादन भूटानी शरणार्थी शिविरमा ल्याउन सहज हुने
चुलाचुलीको दुर्गम क्षेत्र भनेर चिनिने इमाने टारमा बेमौषमी तरकारी खेली र अन्य स्थानीय उत्पादनहरु नजिकै रहेको भूटानी शरणार्थी बजार क्षेत्रमा ल्याउने गरिएको छ । यस बाटो निर्माणले थप सहज हुने स्थानीय अगुवाहरु बताउनु हुन्छ । इमानेटारको ग्राभेल सडक निर्माण पछि सो क्षेत्रको स्थानीय उत्पादन बेलडाँगी र दमक बजारमा निर्यात गर्न समेत सहज हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here