भारतीय बिदेशमन्त्री नेपालमा, भाबि प्रधानमन्त्री ओलीसँग वान टू वान बार्ता

0
1246
तस्बिरः ओलीका प्रेस संयोजक चेतन अधिकारीको फेसबुकबाट

१८ माघ, काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देश लिएर २ दिनको भ्रमणका लागि बिहिबार अपरान्ह नेपाल आएकी भारतीय बिदेश मन्त्री सुष्मा स्वराज राजनीतिक भेटबार्तामा ब्यस्त भएकी छन् । त्रिभूबन अन्तराष्ट्रिय बिमानस्थलमा साढे ४ बजे ओर्लिएकी स्वराज सिधै होटल सोल्टी क्राउन प्लाजामा राजनीतिक भेटबार्तामा ब्यस्त भएकी छन् ।

तस्बिरः ओलीका प्रेस संयोजक चेतन अधिकारीको फेसबुकबाट

पहिलो भेट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेकी स्वराजले सोल्टी होटलमै ओलीले नै आयोजना गरेको रात्रिभोज सह्रिक भएर मधेस केन्द्रित दलका नेताहरुलाई भेटेकी छन् । ओलीसँगको वान टू वान भेटबार्तामा पछिल्लो राजनीतिक घटनाक्रम सरकार गठनकाबारे भारतीय चासो रहेको बुझिएको छ । संविधानका अन्तरवस्तुमाथि असन्तुष्टि जनाउँदै नाकाबन्दी समेत गरेको भारतले त्यसयता दुई देशबीच उत्पन्न कटुता चिर्ने प्रयासका रूपमा पनि यो भ्रमणलाई लिइएको छ । भाबि प्रधानमन्त्रीका रूपमा रहेका अध्यक्ष ओलीसँग यो भेटमार्फत भारतीय संस्थापन पक्षले नेपालसँगको सम्बन्ध सुधारको प्रयास गर्ने आंकलन गरिएको छ । स्वराजले भोली शुक्रबार राष्ट्रपति, प्रधानमन्त्री र माओवादी अध्यक्षसँग भेटवार्ता गरेर भोलि अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here