शरणार्थीलाई लगाएको प्रतिबन्ध अमेरिकाद्वारा फूकुवा

0
759
तस्बिरः रोयटर्स

१६ माघ, काठमाण्डौ । अमेरिकाले अति जोखिमपूर्ण भनिएका ११ वटा देशका शरणार्थीमाथिको प्रतिबन्ध हटाएको छ ।तर अमेरिका प्रवेश गर्न चाहनेहरूले अब नयाँ सुरक्षा व्यवस्थाको सामना भने गर्नुपर्ने बीबीसीले जनाएको छ ।

आन्तरिक सुरक्षा मामिलासम्बन्धी मन्त्री क्रिस्चन निल्सनले शरणार्थीको मान्यता दिनुअघि सुरक्षा जोखिमको जाँच गरिने बताएकी छन् । ट्रम्प प्रशासनले सन् २०१७ को अक्टोबरमा १० वटा मुस्लिम बहुल देश र उत्तर कोरियाबाट शरणार्थी स्वीकार नगर्ने बताएको थियो। गत अक्टोबरमा ट्रम्प प्रशासनको प्रतिबन्ध कार्यान्वयनमा आएपछि आर्थिक वर्ष २०१८ मा शरणार्थीहरूको संख्या आधाले घटेर ४५ हजार पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here