रुसी बिपक्षी नेता एलेक्स पक्राउ

0
1145

१४ माघ, काठमाण्डौं । आगामी मार्चमा हुने राष्ट्रपतीय चुनावको विरोध भएको प्रदर्शनमा सहभागी भएपछि रुसका विपक्षी नेता एलेक्से नभाल्नीलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक संजाल ट्वीटरमा एक सन्देश राख्दै नभाल्नीले आफूलाई हिरासतमा लिइएको बताउँदै आफ्ना समर्थकहरुलाई देशव्यापी विरोधप्रदर्शनमा भाग लिन आह्वान गरेका छन् ।

विपक्षी नेता नभाल्नीको ट्वीटर पेजमा राखिएको एक भिडिओमा प्रहरीले उनलाई हिरासतमा लिने क्रममा भुइँमा लडाएको देख्न सकिन्छ । हालसम्म १ सय ८० भन्दा बढी मानिसहरू देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कट्टर आलोचक नभाल्नीलाई मार्च १८ मा हुने राष्ट्रपतिय चुनावमा उम्मेदवारी दिनबाट रोक लगाइएको छ । ४१ वर्षीय नभाल्नी तिनै ब्यक्ती हुन जो राष्ट्रपति पुटिनलाई चुनौती दिनसक्ने एकमात्रै उम्मेद्वार थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here