साझा सवाल बन्द, दर्शक स्रोता खिन्न

0
2326

१४ माघ, काठमाण्डौ । नेपाली दर्शक स्रोतामाझ लोकप्रिय रहेको कार्यक्रम साझा सवाल आजबाट बन्द भएको छ । कार्यक्रमका लागि आवश्यक फण्ड अभाव भएपछि कार्यक्रम उत्पादक बीबीसी मिडिया एक्सनले कार्यक्रम बन्द गरेको हो ।दश वर्ष अघि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालासँग विराटनगरमा रेकर्ड गरेर थालेको साझा सवाल श्रृंखलाको अन्तिम भाग पनि विराटनगरमै रेकर्ड गरिएको छ । फरक यति छ कि उबेला गिरिजा प्रसाद कोइराला अतिथी थिए भने अन्तिम कार्यक्रममा एमाले नेता लालबाबु पण्डित, काङ्ग्रेस नेता मिनेन्द्र रिजाल र साझा सवालको पहिलो अङ्कमा पहिलो प्रश्न सोध्ने विद्यार्थी रेजिना निरौला लगायतका सहभागीहरूसँग बहस भएको छ ।

माओवादी शान्ति प्रकियामा आएपछि सुरु भएको कार्यक्रम साझा सवालको पहिलो प्रस्तोता नारायण श्रेष्ठ अमेरिकामा छन् भने उनलाई सहयोग गर्न पहिलो अंकदेखि केही समय साझा सवालकै प्यानलमै देखिएका बीबीसी नेपाली सेवाका बरिष्ठ संवाददाता सुशील शर्माले पनि बीबीसी नेपाली सेवा केही बर्षअघि छाडिसकेका छन् ।

कार्यक्रमका लागि आर्थिक संकट देखिएपछि एक महिनाअघि यसकी नियमित प्रस्तोता बिद्या चापागाँइले कार्यक्रम छाडेपछि फरक फरक प्रस्तोताले चलाएको कार्यक्रमको अन्तिम अंककी प्रस्तोता भने गिता ढुंगाना थिइन्, उनि झापाको दमकबाट प्रसारणरत हिमशिखर टेलिभिजनमा कार्यरत छिन् ।

 

साझा सवालको अन्तिम श्रृंखला भनेरै प्रसारण आरम्भ भएपछि कार्यक्रमका दर्शक तथा स्रोताले भने खिन्नता जनाएका छन् । दाता भेटिएको खण्डमा केही समयपछि कार्यक्रम पुनः नयाँ स्वरुप चलाउने कि भन्ने छलफल पनि चलिरहेको स्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here