अफगानिस्तानको काबुलमा आत्मघाती बिष्फोट ९५ जनाको मृत्यु

0
1054
तस्बिरः एएफपी

१३ माघ, काठमाण्डौ। अफगानिस्तानको राजधानी काबुल भएको एक आत्मघाती बम बिष्फोटमा कम्तिमा ९५ जनाको मृत्यु भएको छ । अन्य १ सय ५८ जना गम्भीर घाइते भएको बीबीसीले जनाएको छ ।

हमलाकारीहरूले विस्फोटक पदार्थले भरिएको एउटा एम्बुलेन्स चलाएर प्रहरीको जाँचचौकी पार गर्दै एक व्यस्त सडकमा पुर्‍याएर विस्फोटन गराएको बताइएको छ । यो हमला पुरानो आन्तरिक मन्त्रालयको भवन र यूरोपेली संघ र उच्च शान्ति आयोगका कार्यालयहरू नजिकै भएको छ, जुन राजधानि काबुलको मध्यमागमा पर्दछ । घटनाको जिम्मा गत हप्ता काबुलकै एक होटलमा २२ जनाको मृत्यु गरी हमला गरेको तालेवान लडाकु समूहले नै लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here