आफ्नै तलबबाट विधार्थीलाई सहयोग

0
1233

आफ्नै तलबबाट विधार्थीलाई सहयोग

दमक/झापाका दुई शिक्षिकाले सिमान्तकृत जाति सन्थाल र मुसहरका बालबालिकालाई आज बैगुन्धुरामा भएको एक कार्यक्रमबीच विधालय पोशाक, स्वीटर र खेलकुद सामाग्री वितरण गरेका छन् । 
सिमान्तकृत जातजातिको बाहुल्यता रहेको दक्षिण झापाको गौरादह नगर पालिका वडा नं. ९ बैगुन्धुराको लेखनाथ आधारभूत विधालयका विधार्थीलाई सहयोग गरिएको हो । हरेक बर्ष विपन्न परिवारका विधार्थीहरुलाई सहयोग गर्दै आउनु भएकी दमक वडा नं. ९ पाणिनी माविका शिक्षिका दुर्गा देवी काफ्ले र सोही विधालयकी शिक्षिका गिता घिमिरेले विधार्थीहरुलाई सहयोग गर्नु भएको हो । ८० प्रतिशत भन्दा धेरै सन्थाल र मुसहर जातिका बालबालिका अध्ययन गर्ने सो विधालयका अधिका   शं बालबालिकाहरु आर्थिक अभावका कारण जाडोमा स्वीटर र विधालय पोशाक समेत लगाउन समस्या हुने गरेकाले कतिपय विधालयबाट बाहिरिने गरेको प्रधानाध्यापक रामबहादुर ढुंगानाले बताउनु भयो । सहयोगदाता शिक्षिका काफ्लेले कार्याक्रममा बोल्दै हरेक महिना तलबबाट बचाएर राखेको पैसाले सहयोग गरेको बताउनु भयो । आर्थिक अभावमा शिक्षाबाट बाहिरिनु पर्ने अवस्थाका बालबालिकाको शैक्षिक स्तर बढाउन सहयोग गरेको शिक्षिका काफ्ले बताउनु भयो । काफ्लेले यस अघि उहाँले अध्यापन गराउने विधालय पाणिनीमा १० लाख बराबरको खर्चमा सरस्वतीको मन्दिर निर्माण समेत गरेको बताउनु भयो । 

 

 

 

 

गौरादह नगर पालिकाका प्रशासकीय अधिकृत सागर मिश्रको प्रमुख आथित्यमा भएको कार्यक्रममा शिक्षिका काफ्लेले ६० थान स्वीटर, खेल सामाग्री र घिमिरेले कक्षा १ का १६ जना विधार्थीलाई विधालय ड्रेस हस्तान्तरण गर्नु भयो । 

कार्यक्रमका प्रमुख अतिथि प्रशासकीय अधिकृत मिश्रले सिमान्तकृत जातजाती र विपन्न परिवारका लागि भनेर गौरादह नगर पालिकाले मध्यान्ह खाजा लगायत विधालय सुधारका लागि विशेष कार्यक्रम र बजेट विनियोजन गरेको समेत बताउनु भयो । 

विधालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा गौरादह स्रोत केन्द्रका स्रोत व्यक्ति हरि प्रसाद अधिकारीले पछिल्लो समय सिमान्तकृत जातजातिका बालबालिकाको समेत विधालयमा सहभागिता बढ्दै गएको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here