दमकको तेस्रो पुरानो विधालय भृकुटीले स्वर्ण महोत्सव गर्ने

0
1099

१० माघ २०७४
दमक/झापाको दमकको इतिहासमा तेस्रो पुरानो विधालय भृकुटी आधारभूत विधालयले विशेष कार्यक्रम सहित स्वर्ण जयन्ती मनाउने भएको छ । 

दमकको इतिहासमा पुरानो विधालय मध्येको तेस्रो पुरानो विधालयले विधालय स्थापना देखि शैक्षिक क्षेत्रमा विशेष योगदान दिने ६० जनालाई सम्मान गर्दै पर्सी शु क्रबार स्वर्ण महोत्सव गर्ने भएको हो । आज दमक वडा नं. १ मा रहेको विधालय हातामा पत्रकार सम्मेलन गर्दै विधालय व्यवस्थापन समिति अध्यक्ष घनेन्द्रराज योङहाङ्गले सो कुरा जानकारी दिनु भयो ।
आगामी शुक्रबार गर्ने भनिएको जयन्तिमा भृकुटी स्मारिकाको समेत सार्वजनिक गरिने सम्मेलनमा जानकारी दिइएको छ । वि.सं. २०२४ सालमा स्थापित सो आधारभूत तहसम्म संचालनमा रहेको विधालयले आगामी बर्ष देखि मावि संचालन गर्ने, ५ कक्षा सम्मको अंग्रेजी माध्यमलाई प्रभावकारी र विस्ताA 12pt;”>ल गर्ने समेत प%ार्यक्रम सार्वजनिक गर्दै सहयोगका लागि पह

ल गर्ने समेत पूर्व अध्यक्ष तथा महोत्सवका सहसंयोजक सुमित्रा प्रसाईले बताउनु भयो । सम्मेलनमा विधालयको कार्यक्रम संचालनका अगुवाहरु सुमित्रा प्रसाई, डिल्लि शिवाकोटी, कृष्ण दंगाल, नारायण अधिकारी, जिवन शिवाकोटी लगायत विधालयका शिक्षक, शिक्षिकाहरुको उपस्थिति रहेको कार्यक्रम संचालक शिक्षक रत्नबहादुर धिमालले बताउनु भयो । 
पछिल्लो समय दमकमा रहेको सरकारी स्तरका २१ वटा विधालय रहेका छन् । जस मध्ये ७ वटा मावि, १० वटा आधारभुत र ४ वटा प्रावि रहेको दमक स्रोत केन्द्रका स्रोत व्यक्ति गणेश पौडेलले बताउनु भयो । दमकमा मात्र सरकारी विधालय अध्ययन गर्ने ८ हजार हाराहारीका संख्यामा विधार्थीहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here