आजबाट दमक महोत्सव समापन

१ लाख २५ हजारबाट अवलोकन

0
1463

१ लाख २५ हजारबाट अवलोकन  
दमक/ नेपालको संघीय संरचना कार्यन्वन पछि गत पुष २७ गते देखि दमकमा पहिलो पटक आयोजना गरिएको महोत्सवमा करिव ५ करोड बराबरको आयव्यय भएको बताइएको छ । १३ दिनसम्म लगाइएको कृषि तथा पयर्टन महोत्सवमा १ लाख २५ हजार जनाले महोत्सवको अवलोकन गरेको आयोजक दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले बताउनु भयो ।
समापनका कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले दमकमा ९ बर्षको इतिहासमा आयोजित महोत्सव सफल भएको दावी गर्नु भयो । समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं २ बाट प्रत्यक्ष तर्फका सभाषद पवित्रा निरौलाले महोत्सवले आन्तरिक पयर्टनको विकास सँगै आर्थिक समृद्धि तर्फ लाने बताउनु भयो । समापन कार्यक्रममा झापा जिल्ला विभिन्न निकायका उच्च पदाधिकारी, राजनैतिक अगुवा, दमक क्षेत्र सामाजिक अगुवा सहितको उपस्थिति रहेको छ । समापन कार्यक्रममा प्रवेश निशुल्क गरे पछि आज दर्शकहरुको पनि उल्लेख्य सहभागिता रहेको कार्यक्रमका संचालक दमक उद्योग बाणिज्य संघ दमक प्रथम उपाध्यक्ष गोपाल गुरागाँईले बताउनु भयो । समापन कार्यक्रममा कृषि उत्पादनमा उत्कृष्ट हुने कृषक, सहयोगी दाता, प्रायोजक, सहप्रायोजक लगायतलाई प्रशंसा पत्र समेत वितरण गरिएको छ । 

महोत्सवको पूर्ण आयव्यय केही दिन पछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरी सार्वजनिक गरिने आयोजक समितिले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here