दमकको पहिलो नागरिक धिमाल जातिको अन्तकृया सम्पन्न

0
1260

९ माघ, २०७४   
दमक/दमक नगरको पहिलो नागरिक धिमाल सम्बन्धी अन्तरकृया कार्यक्रम आज दमकमा सम्पन्न भएको छ ।
दमक नगरको पहिलो नागरिक धिमाल जाति व्यवस्थापन समितिको आयोजना तथा दमक नगर पालिकाको सहयोगमा भएको कार्यक्रममा दमक नगर हरित नगर बनाउँन धिमाल जातिको खेल्नु पर्ने भूमिका विषयमा अन्तरकृया भएको छ । कार्यक्रमका प्रमुख अतिथि दमक नगर पालिका मेयर रोमनाथ ओलीले कार्यक्रममा धिमाल जाति अन्य जाति जस्तै सक्षम र समृद्धि भएर प्रतिष्पर्धामा आउन जरुरी रहेको बताउनु भयो । ओलीले पहिलो नागरिक भएकोमा गर्व गर्नुका साथै प्रगति समेत गरेर देखाउनु पर्ने बताउनु भयो । दमक क्षेत्रका विभिन्न वडा प्रमुख तथा सामाजिक अगुवा धिमालहरुको उपस्थितिमा गरिएको अन्तकृयामा कार्यक्रमका सभापति तथा समितिका संयोजक लोकबहादुर धिमालले धिमाल जातिको अवधारणा पत्र पेश गर्नु भयो । 

समितिका सह सचिव रत्नबहादुर धिमालले संचालन गर्नु भएको कार्यक्रममा दमक नगरलाई समृद्ध बनाउन धिमाल जाति पहिचान विशेष पर्यटकीय क्षेत्र निर्माण, धिमाल होमस्टे, सिमसार पोखरी निर्माण, अर्नाखाडी ग्रामथान निर्माण, साँस्कृतिक संग्राहल स्थापना लगायतका विषयमा चर्चा गरिएको कार्यक्रमका बक्ता समितिका सचीव मोहन धिमालले बताउनु भयो । दमक नगरको पहिलो नागरिक धिमाल जातिको विकास र समृद्धिका लागि गरिएको यो पहिलो अन्तकृया कार्यक्रम भएको बताइएको छ । दमक नगर पालिकाले गत अशोज ३० गते सम्पन्न पहिलो नगर सभावाट धिमाल जातिलाई दमक नगरको पहिलो नागरिकको रुपमा घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here