दमक नगरको प्रोफायल निर्माण शुरु

प्रोफायलले समृद्ध नगर बनाउन सहयोग मिल्ने

0
1837

प्रोफायलले समृद्ध नगर बनाउन सहयोग मिल्ने 
९ माघ, २०७४
दमक/दमक नगर पालिकाको प्रोफायल तयार गर्न विस्तृत तथ्याङ्क संकलनका लागि आज एक गोष्ठी कार्यक्रम सम्पन्न गरिएको छ । दमक नगर क्षेत्रमा बसोवास जनसंख्या देखि शिक्षा, स्वास्थ्य, खानेपानी, मालपोत, कृषि, हुलाक, बनजंगल, वितिय संघसंस्था, फोहोर मैला, व्यवसाय, पर्यटन सहितको सम्पूर्ण तथ्याङ्कको प्रोफायल निर्माणका लागि शुरुवाती गोष्ठी आयोजना गरिएको हो । एशिया फाउण्डेशन र कमिटेड नेपालको सहयोगमा दमक नगर पालिकाको सहकार्यमा नगरको संस्थागत तथ्याङ्क सहितको प्रोफायल कार्यको शुरुवाती गरिएको कार्यक्रमका सहजकर्ता इन्टेन्सिभ स्टडी एण्ड रिसर्च सेन्टर प्रा.लि.को प्रमुख होमलाल भण्डारीले बताउनु भयो ।

करिव २५ लाख बजेटमा तयार गर्ने भनिएको नगर प्रोफायल निर्माणका लागि आज दमक नगर पालिकाका मेयर रोमनाथ ओलीले प्रोफायल निर्माणका संयोजक श्याम सापकोटालाई संस्थाले सहयोग गरेको एक थान ल्यापटप सहित आवश्यक प्रविधिका सामाग्री हस्तान्तरण गर्नु भयो । 

३ देखि ४ महिनासम्म सकिने प्रोफायल निर्माण कार्यका लागि २ जना सामाजिक परिचालनकर्मचारी समेत खटाइसकेको बताइको छ । कार्यक्रममा नगरका मेयर रोमनाथ ओलीले प्रोफायल निर्माणमा सक्दो सहयोग गर्ने समेत बताउनु भयो । प्रोफायल निर्माणले नगरको राजस्व व्यवस्थापन, योजना निर्माण, प्रर्यटनको खोजी, जनसंख्या वितरण र बनोटको जानकारी जस्ता विषय बुझ्न सहयोग पुग्ने सेन्टरका प्रमुख भण्डारीले बताउनु भयो । कार्यक्रमा कृषि, शिक्षा, स्वास्थ्य, हुलाक, मालपोत लगायत अन्य जिम्मेवार निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here