अमेरिकाका सरकारी कार्यालय बन्दको असर बढ्दो

0
991

८ माघ, काठमाण्डौं । बजेट अभावमा शनिबारदेखि बन्द भएका अमेरिकाका सरकारी कार्यालय खुल्ने सुरसार नहुँदा सर्बसाधारणमा आक्रोश चुलिएको खबरहरु सार्बजनिक भएका छन । अर्कोतर्फ  संघीय कर्मचारीहरु समेत भबिष्य अन्यौलमा परेको भन्दै चिन्ता जाहेर गर्न थालेको बीबीसीले जनाएको छ ।

तस्बिरः रोयटर्स

बन्द रहेको संघीय निकाय खुलाउनका लागि आज सोमबार मतदान हुने अपेक्षा गरिएपनि सिनेटले सरकारी सेवाको बजेटसम्बन्धि कानूनमा मतदान स्थगित गरेपछि सो प्रकिया पनि बिफल भएको छ । रिपब्लिकनहरुले छोटो अवधिको लागि समस्या समाधान गर्ने गरी बजेट पास गर्न र त्यसलगत्तै डेमोक्र्याटहरुले रुचाएको आप्रवासी समस्यासम्बन्धी विषयमा ध्यान दिने प्रतिवद्धता जनाएपनि सो प्रस्तावलाई डेमोक्र्याट्सले अस्विकार गर्दा गतिरोध लम्बिएको बताइएको छ । गतिरोध लम्बिएसँगै कर्मचारीले पैसा पाउने त छैनन् नै लोकप्रिय मानिएका पर्यटकीय स्थल तथा पार्क समेत नखोलिदा सर्बसाधरणमा व्याप्त निराशा छाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here