विहानी कलाको बार्षिकोत्सव सम्पन्न

संचारकर्मी झापालीलाई सम्मान

0
1167

संचारकर्मी झापालीलाई सम्मान  
डिकेश लामा/माघ ८ गते
दमक/ विहानी कला केन्द्र दमक उर्लावारीले आज २१ औं बार्षिकोत्सव तथा श्रीपञ्चमीको अवसरमा दमकमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
पूर्वी नेपालका पुराना तथा अग्रज कलाकारहरुको साथमा केन्द्रले सम्मान सहित विविध कार्यक्रम सम्पन्न गरेको हो । वरिष्ठ लोक गायक एलपी जोशीेका प्रमुख आथित्यमा भएको कार्यक्रममा संचारकर्मी गोपाल झापालीलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको छ । सम्मानित संचारक

र्मी झापालीले सम्मानले थप जिम्मेवारी थपेको बताउनु भएको छ । 

कार्यक्रममा प्रमुख अतिथि जोशीले नेपालको साँगीतिक क्षेत्रको विकासमा युवा पुस्तालाई अवसर सँगै चुनौती समेत थपिएको बताउनु भएको छ ।
केन्द्रकी अध्यक्ष यशोदा शाक्यको सभापतित्वमा भएको कार्यक्रममा पूर्वीय लोक गायक तथा संगीतकार विशाल राई, साहित्यकार शिव रेग्मी प्रणत, धनकुटे कान्छा, गायक हेमन्त रिजाल लगायतले श्रीपञ्चमीको अवसरमा सवै संगीतानुरागीको प्रगतिको कामना गर्दै विगतका भोगाई र चुनौतीको बारे बोल्नु भएको छ । कार्यक्रममा केन्द्रमा अध्ययन गर्ने प्रशि

क्षार्थीले गीत प्रस्तुत समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here