बजेट पास नभएपछि अमेरिकाका सरकारी कार्यालय संकटमा

0
895
तस्बिरः रोयटर्स

६ माघ, काठमाण्डौं । अमेरिकी संसदले सरकारी बजेटका लागि तयार पारिएको बिधेयक पास गर्न असफल भएपछि त्यहाँस्थित सरकारी कार्यालयहरु आर्थिक संकटमा फसेका छन् ।अमेरिकी माथिल्लो सदन सिनेट सरकारको खर्चसम्बन्धी विधेयक पारित गर्न विफल भएपछि संघीय निकायहरुलाई उपलब्ध हुने खर्च रोकिएपछि सरकारी सेवा बन्द हुन लागेको हो ।

तस्बिरः रोयटर्स

ह्वाइट हाउस र संसदको दुवै सदनमा रिपब्लिकनहरुको नियन्त्रण रहँदा समेत यस्तो अवस्था देखिएको यो पहिलो घटना भएको बीबीसीले जनाएको छ । पछिल्लोपटक सन् २०१३ मा पनि सरकारी निकाय खर्चविहीन भएर १६ दिनसम्म कामकाज ठप्प भएको थियो । यद्यपी  राष्ट्रिय सुरक्षा र हवाई क्षेत्रको सेवा भने अवरुद्ध भएको थिएन । संघीय सरकारलाई खर्च उपलब्ध गराउका लागि ल्याइएको सो विधेयक पारित गर्न आवश्यक ६० मत पनि आप्रवासन र सीमा सुरक्षा जस्ता विषयमा चर्को विवाद भएपछि पारित हुन नसकेको हो । बिधेयक पारित नभएसँगै अमेरिकाका आवास, वातावरण, शिक्षा वाणिज्य, राष्ट्रिय पार्क र सम्पदासम्बन्धी मन्त्रालयका धेरै कर्मचारी घरमै बस्नेछन् । अर्थ, स्वास्थ्य, प्रतिरक्षा र यातायात मन्त्रालयका आधाजसो कार्यालय भने खुल्ला नै रहनेछन् । सिनेटको नतिजापछि ह्वाइट हाउसले राष्ट्रिय सुरक्षा र जोखिममा रहेका केटाकेटीको हीतभन्दा राजनीतिलाई प्राथमिकता दिएको आरोप डेमोक्र्याटहरुमाथि लगाएको छ। सिनेटका रिपब्लिकन नेता मिच म्याककोनलले विधेयकमा रहेका धेरै विषयमा सहमति भएपनि डेमोक्रयाटहरुले अवैधानिक आप्रवासनसम्बन्धी असम्बन्धित मुद्दा थप्दा विधेयक पारित हुन नसकेको टिप्पणी गरेका छन् । तर सिनेटका डेमोक्र्याटिक नेता चक सुमरले भने धेरै रिपब्लिकनले समेत विधेयकको विरोध गरेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here