प्रदेश प्रमुख बुधबार तोकिन्छः कानुन मन्त्री थापा

0
852

माघ ३, काठमाण्डौं । प्रदेश प्रमुख नतोकिदा राष्ट्रियसभा चुनाव नै प्रभावित हुनसक्ने भन्दै निर्बाचन आयोगले चेतावनी दिइरहँदा सरकारले भने बुधबारसम्म प्रदेशप्रमुख र प्रदेशको कार्यसंचालन स्थानको टुंगो लगाउने बताएको छ ।

ग्लोबलपोष्ट इन्फो डटकमसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामीला मन्त्री यज्ञवहादुर थापाले यस्तो बताएका हुन् । प्रदेशको प्रमुख नतोकिदा प्रदेशका सांसदहरुले सपथग्रहण गर्न नपाउँने तथा उनिहरुले राष्ट्रियसभा चुनावमा मतदान गर्न नपाउने अवस्था आउन लागेको भन्दै निर्बाचन आयोगले चिन्ता जनाइरहँदा मन्त्री थापाले यस्तो बताएका हुन् । ‘प्रदेश प्रमुख मात्र होइन बुधबार बस्ने मन्त्रीपरिषद बैठकले प्रदेशसभाको कार्यसंचालन स्थान समेत टुंगो लगाउँछʼ मन्त्री थापाले भने, ‘तर यो प्रदेशको अस्थायी राजधानी होइन, धेरै मानिसलाई भ्रम छ यो सरकारले प्रदेशको अस्थायी राजधानी तोक्न पाउँदैन।ʼ संविधानको धारा २८८ ले प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई दिएकाले प्रदेशसभाको बैठकले नै प्रदेशको राजधानी तोक्ने हुँदा भ्रममा परेर आन्दोलन नगर्न मन्त्री थापाले जनतालाई आग्रह समेत गरेका छन् । प्रदेशको अस्थायी राजधानी तोक्न लागेको भनेर खबरहरु बाहिरीएपछि आफ्नै स्थान राजधानी हुनुपर्ने मागसहित मूलुकका बिभिन्न स्थानमा आन्दोलन समेत चर्किएका छन् ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here