राष्ट्रियसभा निर्बाचन कार्यतालिका सार्बजनिक

0
1305

२६ पौष, काठमाण्डौं । निर्वाचन आयोगले आगामी माघ २४ मा घोषित राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका आज सार्वजनिक गरेको छ । सार्बजनिक कार्यतालिका अनुसार माघ १० गतेका लागि उम्मेदवारी दर्ता तोकिएको छ ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १५०६ जना तथा प्रदेशसभाका ५५० सदस्य गरी कूल २,०५६ जना मतदाता रहेको यो निर्बाचनबाट ५६ जना निर्बाचित हुनेछन । अन्य ३ जना भने मन्त्रिपरिषद्को सिफारिसले  राष्ट्रपतिले मनोनित गर्ने ब्यवस्था छ । आयोगका अनुसार सात प्रदेशका उच्च अदालतको मुख्यालय रहेको स्थानमा मतदान केन्द्र बनाइनेछ । माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको आयोगले १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र १५ गते उम्मेदवारहरुलाई निर्वाचन चिहृन प्रदान गर्नेछ । निर्बाचनको समयावधि भने माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here