विज्ञान तथा बातारवण सम्बन्धी प्रदर्शनी

0
1388

दमक/  झापाको दमकमा रहेको हिमालय माध्यमिक विधालयमा आज देखि २१ वटा विधालयका विधार्थीहरुले विज्ञान तथा वाताबरण सम्बन्धी प्रदर्शनी शुरु गरेका छन् । विधार्थीहरुको ज्ञान कलालाई व्यवहारिक बनाउँन तथा शैक्षिक विकासका लागि भनेर शुरु गरेको प्रदर्शनीमा सयौं विधार्थी तथा अभिभावकहरुले अवलोकन गर्नु भएको छ । विधार्थीहरुले विशेष गरी रोवट, ड्रोन र विधुतीय सेन्सर प्रविधिले पछिल्लो समय प्रयोगमा

ल्याएका विभिन्न प्रकारका आविश्कारहरुलाई नमूनाका रुपमा प्रर्दशन गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि दमक नगर पालिकाका मेयर रोमनाथ ओलीले विधार्थीहरुले निर्माण गरेका ग्याँस, इलेक्ट्रोनिक लगायतको प्रदर्शनी उत्कृष्ट र शैक्षिक विकासका लागि ठूलो आधार भएको बताउनु भयो । प्रदर्शनी कार्यक्रममा उत्कृष्ट पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद रु १०, ८ र ५ हजार प्रदान गरिने कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर बस्नेतले बताउनु भयो । कार्यक्रम भोलिसम्म चल्ने आयोजक हिमावि माताहत संचालित इको फ्रेण्डेली बाल क्लवले जानकारी दिएको

छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here