एक भूटानी शरणार्थीको शंकास्पद मृत्यु

मादक पदार्थ र चिसोको कारण मृत्यु भएको आशंका

0
6829

मादक पदार्थ र चिसोको कारण मृत्यु भएको आशंका

पुस २५, २०७४/डिकेश लामा
दमक/झापाको दमकस्थित हम्सेदुम्से सामुदायिक वननजिकै आज विहान एकजना भुटानी शरणार्थी मृत अवस्थामा फेला परेका छन् । भूटानी शरणार्थी शिविर बेलडाँगी १ मा सेक्टर सी/३ हट नम्बर २३३ का ३३ वर्षीय रघुनाथ गुरुङ बिहान मृत अवस्थामा फेला परेका हुन् । अनुसन्धानको क्रममा गुरुङ्ग पहिले देखि नै अत्याधिक मादक पदार्थ सेवन गर्ने भएको परिवार स्रोतबाट बुझेको र मादक पदार्थ सेवन गरी बाटोमा लडेको स्थानमै चिसोको कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको इलाका प्रहरी कार्यलय दमकका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीले बताउनु भयो । गिरीका अनुसार लाशको बाहिरी भागमा कुनै पनि चोट पटक नभएको समेत बताउनु भयो ।
मृतकको पोष्टमार्टम पछि आज जातिय संस्कार अनुसार दाहसंस्कार गरिएको शिविर सचीव टिकाराम रसाइलीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here