धिमाललाई संसदमा सहभागिता नगरेको प्रति आपत्ती

0
1296

२३ पौष, २०७४

दमक/ राज्यको कुनै पनि संसदमा धिमाल जातिको प्रतिनिधित्व नगराएको प्रति धिमाल जातीय विकास केन्द्रले आपत्ती जनाएको छ । आज दमकमा एक पत्रकार सम्मेलन गर्दै धिमाल जातीय बिकास केन्द्रका महासचीव केदार धिमालले सो कुरा बताउनु भएको हो । केन्द्रका अध्यक्ष तेजबहादुर धिमालको अध्यक्षतामा भएको कार्यक्रममा यस अघिका संसदमा धिमाल जातिको प्रतिनिधित्व भए पनि यस पटक प्रतिनिधि तथा प्रदेशको कुनै पनि संसदमा प्रत्यक्ष र समानुपातिक दुवैबाट धिमाल जातिलाई सहभागिता नगराएको बताइएको छ ।
कार्यक्रमा धिमाल जातिको अगुवा मोहन धिमाल, लोकबहादुर धिमाल, पूर्व सासंदहरु भिष्म धिमाल, नगेन्द्र धिमालले ठूला भनाउँदा राजनैतिक दलले समेत धिमाल जातिलाई गरेको उपेक्षा गरेको बताउनु भयो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था अनुसार समावेशी समानुपातिक सिद्धान्तको विपरित सवै जातजाति, बर्गलाई सहभागिता गर्नुको सट्टा नियतबश संबैधानिक अधिकारबाट बन्चित गरिएको धिमाल जातिका अगुवाहरुको आरोप छ ।

कार्यक्रममा विज्ञप्ती जारी गर्दै समितिले सवै दलहरुले पूर्वी तराईका मुल आदिवासी धिमाललाई उपेक्षा गरेकोमा सांगठनिकरुपमा घोर आपत्ती समेत रहेको जनाएको छ । कार्यक्रममा धिमालजातिका अगुवाहरुले आउँने राष्ट्रियसभाको निर्वाचनमा धिमाल जातिलाई कसरी समेट्ने भन्ने कुरामा राजनैतिक दलहरुले ध्यान दिनु पर्ने समेत बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here