भूटानको राजालाई भूटानी शरणार्थीको अपील पत्र

देशको इज्वत बचाउँन भए पनि इच्छुक भूटानी शरणार्थीलाई फर्काउनु पर्ने

0
3527

देशको इज्वत बचाउँन भए पनि इच्छुक भूटानी शरणार्थीलाई फर्काउनु पर्ने
२३ पौष, २०७४/डिकेश लामा

दमक/स्वदेश फिर्तीको माग गर्दै आज भूटान राष्ट्रिय मेलमिलाप समितिले प्रवासी भूटानी शरणार्थीको तर्फबाट राजालाई ज्ञापन पत्र पठाएको छ ।
सन् १९९० देखि शुरुवात भएको दक्षिण भूटानीहरुको समस्याले अव पनि समाधानको मार्ग नखोजे भूटानको अन्तराष्ट्रिय क्षेत्रमा अपमान हुने भन्दै तत्काल लामो समय देखि स्वदेश फर्कन्छु भनेर बसेका शरणार्थीहरुलाई देश फर्काउन माग गरिएको समितिका अध्यक्ष कृष्णविर तामाङले बताउनु भयो । इमेल र हवाई कुरियरको माध्यमबाट पठाइएको पत्र राजा जिग्मे केशर वाङ्चुक र सोही पत्र प्रधानमन्त्री छिरिङ्ग तोब्गेलाई पनि बोधार्थ पठाइएको बताइको छ ।

लामो समयदेखि भूटान फर्कन्छु भन्ने शरणार्थीहरु खाटी भूटानी भएकोले अव पनि उनीहरुको समस्या सुनवाई नगरे नेपालमा भूटानी शरणार्थीको अवस्था टिवेटियन शरणार्थीको जस्तो हुने प्रष्ट रहेको पत्रमा उल्लेख छ । पत्रमा नेपालमा भूटानी शरणार्थीको बसोवास पूर्वाधार स्थायी बनाउने तयारी गरिएकोले भारतमा तिव्बती शरणार्थी केन्द्र जस्तै प्रर्यटकीय क्षेत्र बन्ने बताइएको छ । भूटानी शरणार्थीलाई पनि पर्यटकको आकार्षण बनाउन खोजिएकोले यसले भूटानलाई नराम्रो असर पार्ने हुँदा भूटान सरकारले तत्काल कदम चाल्नु पर्ने बताएको पत्रमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here