नयाँ बर्ष र ग्लोबल सोच

0
3535

नयाँ बर्ष र ग्लोबल सोच

आजदेखि २०१७ लाई विदा गरी २०१८ नयाँ साललाई हर्सोल्लासका साथ मनाइदैछ । सन् १९९० पछि बढ्दो इन्टर प्रविधिका कारण संसार ग्लोवल भिलेजको रुपमा विकसित हुँदै जाँदा विश्वका चर्चित र सान्द्धर्भिक चाड, पर्व, अवसर, सन्द्धर्भहरुलाई सिको गर्ने क्रम बढ्दो छ । नेपालमा खास गरी बैशाख महिनाको १ गतेलाई नयाँ बर्षको रुपमा मनाउँने भएता पनि पछिल्लो समय आएर अंग्रेजी बर्षलाई पनि नयाँ बर्षको रुपमा मनाउँन थालिएको छ ।
ग्लोकालाईजेशन अर्थात ग्लोबलको कुरा लोकल स्तरमा र लोकल अर्थात स्थानीय स्तरको कुरा ग्लोबलमा पोष्ट वा शेयर हुने पक्रृया बढेर गएको छ । तथापि बढ्दो प्रविधि र सेवा सुविधाको दुरुपयोग पनि त्यतिकै बढ्दै गएको छ । विश्वमा नागरिक पत्रकारिता अर्थात सिटीजन जोर्नालिज्मको कुरा र कार्यन्यवनको गति बढिरहेको वेला कतिपय ज्ञान, क्षमता, नैतिकता, आचरसंहिता र जिम्मेवारितको अभाव र हेल्च्याक्राईमा सामाजिक सञ्जालमा हुने सामाजिक मिडियाहरुको दुरुपयोग समेत तिव्रतर वढेको छ । तर हामी युवा प्राविधिक ज्ञान र शीप भएका युवा पुस्ताले सभ्य ल्लोवब भिलेज निर्माणको पक्षमा उभिन आवश्यक छ भने सचेत र सकरात्मक कुराहरुलाई बढि जोड दिनु पर्दछ ।
प्रविधि र संचारको कस्तो आयो यो जमाना
बढ्छन् तिनै जो गर्न सक्छन् यसको सामना
तपाई पनि तिनै भित्र एक हुनु पर्छ भन्दै
नयाँ बर्ष १८ को मेरो डिजिटलीय शुभकामना ।
हरेक साल आउने नयाँ बर्षसँगै नयाँ नयाँ प्रविधि र चुनौतीहरु तपाई हामी माझ आईरहेका छन् । तथापि हामी हरेक सेकेण्ड, हरेक मिनेट, हरेक दिन, हरेक महिना अनि हरेक बर्ष यसको स्वागत र सामना गर्दै अगाडि सदैव प्रगति तर्फ उन्मुख छौं । नयाँ बर्ष २०१८ ले तपाईका हरेक सोच, विचार, लक्ष्य, कार्यहरु सकरात्मक स्वच्छ, स्वास्थ्य, पारदर्शी अनि उच्च प्रसंशा योग्य बनोस् । जुन यो समाज, राष्ट्र अनि विश्वले चिन्न सकोस् । तपाई प्रति उच्च सकरात्मक शुभकामना ।
डिकेश लामा
एवम् समस्त ग्लोबल पोष्ट परिवार

HAPPY NEW YEAR MESSAGE FROM DIKESH LAMA

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here